
२४ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणलाई समेत सरकारले निजकरण गर्न खोजेको टिप्पणी गरेको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा लिएर बोल्दै माओवादीकी सचेतक रुपा सोशी चौधरीले यस्तो टिप्पणी गरेकी हुन् ।
‘नाफामा रहेको नेपाल विद्युत प्राधिकरणलाई घाटमा गएको देखाएर निजीकरण गर्न खोजिएको त होइन ?’ उनले प्रश्न गरिन् ।
नेपालको संविधान समाजवादउन्मुख रहेको ख्याल गर्न उनको आग्रह छ । तर, सरकारका नीति र व्यवहार निजकरणतर्फ उन्मुख रहेको उनले बताइन् । ‘सरकार नीजिकरणतर्फ उन्मुख भयो । यो समाजवादी संविधानको मर्म विपरीत छ’ उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4