Comments Add Comment

संविधान पुनर्लेखन सम्भव छैन, संशोधन गर्न सकिन्छः कृष्ण सिटौला

बजेट घोषणापछि संविधान कार्यान्वयन हुने जनाऊ

Krishna-Sitaula1१० जेष्ठ बिराटनगर । सरकारसँग वार्ताका लागि संविधान पुनर्लेखन हुनुपर्ने संघीय गठबन्धनका नेता उपेन्द्र यादवले शर्त तेस्र्याइरहेका बेला नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भइसकेको अवस्थामा कुनै पनि हालतमा संविधानको पुर्नखलेखन गर्ने कार्य सम्भव नभएको बताएका छन् ।

मधेसी मोर्चाले संविधानको पुर्नलेखनको माग उठाइरहेको अवस्थामा नेता सिटौलाले सोमबार बिहान बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनर्लेखन असम्भव रहेको बताएका हुन् ।

संविधान पुनर्लेखन गर्ने कार्य समाप्त भइसकेको सिटौलाले बताए । राजविराजको एक कार्यक्रममा सहभागी हुन काठमाडौंबाट आएका नेता सिटौलाले संविधान पुनर्लेखन गर्न संविधानसभाको चुनाव अवश्यक पर्ने बताउँदै अब संविधानसभाको चुनावको सम्भावन नरहेको प्रष्ट पारे ।

उनले भने-संविधान पुनर्लेखन गर्न संसदलाई अधिकार पनि छैन, तर अहिलेको अवस्थामा संविधानका केही बुँदामा संशोान गर्न भने सकिन्छ ।’

‘मधेसी मोर्चाका नेताहरुले के अर्थमा संविधानको पुनर्लेखन गर्न कुरा गर्नु भएको हो मलाई थाहा छैन,’ सिटौलाले भने ‘अब संविधानको पुर्नलेखन गर्ने भन्दा पनि राजनीतिक सहमतिका आधारमा संविधानका केही बुँदामा संशोधन गरी सहमति खोज्न सकिन्छ ।’

सरकारले बजेट प्रस्तुत गरेपछि संविधान कार्यान्वय लगायतका विषयमा प्रमुख राजनीतिक दलहरुवीच छलफल भई देशलाई निकास दिने तयारी भइरहेको सिटौलाले जानकारी दिए । तर, त्यो तयारीबारे उनले विस्तृत बताएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment