+
+
Shares

काठमाडौंको आन्दोलन ट्रेलर मात्र होः महतो

 सलमान खान सलमान खान
२०७३ जेठ १० गते १९:०३

Rajendra-Mahato

१० जेठ, भैरहवा । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीय गठबन्धनले काठमाडौंमा गरिरहेको आन्दोलन ट्रेलर मात्र भएको बताएका छन् ।

सोमबार भैरहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले भने, ‘फिल्म त अझै बाँकी छ ।’ यदि सरकारले आफुहरुको माग सम्बोधन नगरे कठोर आन्दोलन गनेए उनको चेतावनी थियो ।

काठमाडौंबाट खाली हात नफर्केने भन्दै महताले यदि खाली हात फर्किनु परे राज्यको लागि अनर्थ हुने बताए । मुलुकको राष्ट्रिय एकता र अखण्डताका लागि आन्दोलन जारी रहेको महतोले भने, ‘हाम्रो नाता निकै मजबुत धागोले बाँधिएको छ । यदि राज्यले मधेसीको अधिकार मधेसीलाई नदिएमा नाता टुट्न सक्छ ।’

अधिकारको लागि काठमाडौंमा दलित, जनजातिले पनि लड्नु पर्ने भन्दै उनले दलित जनजाति लड्न तयार नरहेपनि मधेसी एक्लै लड्न तयार रहेको बताए ।

प्रधानमन्त्री ओलीले समस्या समाधान गर्नतर्फ लाग्नु भन्दा उखान टुक्का तिर लागेर समय बर्वाद गरिरहेको उनको आरोव छ । ‘जुन काम गर्नु छैन त्यही बोल्छन् र जे काम गर्न छ त्यो गर्दैनन्’ अध्यक्ष महतोले भने, ‘कहिले रेल कुदाउँछु भन्छन् त कहिले पानी जहाज चलाउँछु भन्छन् । तर देशको समस्या समाधान गर्ने तर्फ लागेकै छैनन् ।’

कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टी, राप्रपा लगायतका विभिन्न पार्टी परित्याग गरी २ सय जना सदभावनामा प्रवेश गरेको उपाध्यक्ष ओमप्रकाश यादवले (गुल्जारी) बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?