Comments Add Comment

मोहनविक्रम भन्छन्ः तराईलाई टुक्राउन भारतको योजनावद्व षडयन्त्र

Mohan-Bikram-Singh

११ जेठ, बुटवल । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले भारतका कारण मुलुकको राष्ट्रियता सबैभन्दा बढी खतरामा परेको बताएका छन् । उनले नेपालको तराईलाई टुक्र्याउन भारतले योजनावद्व षडयन्त्र गरेकाले मुलुकको राष्ट्रियता इतिहासमै खतरामा परेको दावी गरेे ।

प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले अंग्रेजपछि राष्ट्रियता सबैभन्दा बढी अहिले खतरामा रहेको बताए । उनले विश्युद्वताका अग्रेज शासकबाट र अहिले छिमेकी राष्ट्र भारतका कारण नेपालको राष्ट्रियता र गणतन्त्र खतरामा परेको बताए ।

‘नेपालको तराईलाई भारतमा गाभ्ने षडयन्त्रलाई असफल बनाउन राष्ट्रबादी शक्ति सचेत हुनुपर्छ,’ उनले भने, ‘हाम्रा नेताहरुको दलाली र सत्तामोहको कमजोरीले भारत बलियो बनेको हो ।’

भारतले नेपालको तराई र पानीमा आँखा लगाएको सिंहले उल्लेख गरे । गैरनेपालीलाई नेपाली नागरिकता दिने खुकुलो प्रावधान बनाई नेपालको संसदमा मधेशी दलको बहुमत पुर्‍याएर अन्तत तराईलाई नेपालबाट अलग गर्न भारत लागि परेको उनको जिकिर थियो । संसदमा बहुमत पुर्‍याउनका लागि मधेशबादी दलले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र नागरिकतामा समान अधिकारको कुरा उठाएको टिप्पणी समेत सिंहले गरे ।

उनले संविधान संसोधन नेपाली जनताको पक्षमा नरहेको बताउँदै संविधान पुर्नरलेखन सम्भव नै नभएको बताए । ‘आमाको नामबाट नागरिकता दिनु महिला अधिकारको दृष्टिले ठिक हो, तर आमा र वुबा मध्ये एक जना गैरनेपाली भएको खण्डमा नागरिकता दिनु हुँदैन,’ सिंहले भने ।

‘माओवादीहरुको सिद्दान्तहीन एकता’

सिंहले माओवादी घटकहरुको एकतालाई सिद्वान्तहीन एकता भएको टिप्पणी गरेका छन् । आत्म सुरक्षाका लागि एकता गरिएको आरोप लगाउँदै उनले कम्युनिष्ट आन्दोलनमा यसको अर्थ र महत्व नरहने बताए ।

उनले द्वन्द्वकालिन मुद्दाबाट बच्नका लागि माओवादीहरु एक ठाउँमा आएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment