Comments Add Comment

साढे दुई किलो कोकिनसहित भेनेजुएलाका नागरिक पक्राउ

१२ जेठ, काठमाडौं । ठूलो परिमाणमा अवैध लागूऔषध कोकिनसहित प्रहरीले भेनेजुएलाकी एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट २ किलो ६०० ग्रामभन्दा बढि कोकिन बराबद गरेको हो ।

बरामद गरिएको अबैध लागूऔषध कोकिनको बजारमूल्य करिव ५ करोड रुपैयाँभन्दा धेरै रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकी भ महिला यमरीस कार्मिन नार्भेजकै बयानका आधारमा प्रहरीले अन्य तीन जनालाई पनि पक्राउ गरेर अनुसन्धान भइरहेको जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा नाइजेरियाली मुलका जोन, नेपाली दिलबहादुर गुरुङ र भारतीय नागरिक थोर्डी खान छन् ।

कोकिनको मूख्य तस्करको रुपमा रहेकी यी भेनेजुएली कोलम्बिया, ब्राजिल र दुवई हुँदै गत बैशाख २५ गते काठमाडौं आएकी थिइन् । काठमाडौंसम्म ल्याइएको कोकिन गत जेठ १ गते उनले नेपाली दिलबहादुर तामाङलाई सुम्पेकी थिइन् । तर प्रहरीले बिशेष सूचनाका आधारमा ठमेलबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका भारतीय नागरिका खान भारतको कालकता र मुम्बई हुँदै कोकिन लिन जेठ १० गते काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै प्रहरीले उनलाई पक्रिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment