
१४ जेठ, काठमाडौँ । काठमाडौँ उपत्यकामा एक महिनामा ५८२ ट्याक्सी कारबाहीमा परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुुसार मिटरमा जान नमान्ने र पैसाको मोलमोलाई गर्ने ४६१, मिटर बिगारेको वा कल फास्ट गर्ने ६३ र प्रयोजनविपरीत रातो प्लेटलाई भाडाका रुपमा प्रयोग गरेको ५८ रहेका छन् ।
महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले काठमाडौँ क्षेत्रमा धेरै ट्याक्सी प्रयोग हुने गरेकामा धेरै ट्याक्सी मिटरमा जान नमान्ने गरेको बताए । उनले भने , “अस्पताल, विमानस्थललगायत अत्यावश्यक स्थानमा धेरै भाडा असुल्ने गरेको पाइएको छ त्यस्ता स्थानमा विशेष निगरानी राख्छौँ ।”
पछिल्लो समय ट्राफिकले ट्राफिक नियम उल्लङ्घन गर्ने र बढी भाडा असुल गर्ने सवारी साधनलाई विशेष निगरानी बढाउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4