+
+
Shares

सिंहदरबार भत्काउने वा नभत्काएरै बनाउने भन्ने विवाद

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १५ गते ६:०२

१५ जेठ, काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूल भवन भत्काएरै बनाउने वा बलियो हुने गरी पुनर्निर्माण गर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ ।

Simhadurbarपुरातत्व विभाग एक सय वर्ष नाघेको पुरातात्विक महत्वको सिंहदरबार केही बढी खर्च लागे पनि नभत्काई हालकै अवस्थामा मजबुत बनाउनुपर्छ भन्नेमा छ भने सिंहदरबार पुनर्निर्माण आयोजना भूकम्पले सारै कमजोर बनाएको यो भवन नभत्काइ बनाउन नसकिने अडानमा रहेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

पुनर्निर्माणका क्रममा यी दुई प्रकारका कार्य विधि प्रस्तुत भइरहेका छन् ।

पुरातत्व विभागका डिभिजन इन्जिनियर सम्पत घिमिरे सिंहदरबारको पश्चिमतर्फको मूल भवन नभत्काइ बलियो बनाउन सकिने राय आफूबाट प्रस्तुत भएको तर आयोजनाले पूरै भवन नभत्काइ नहुने राय राखेको बताउछन् ।

सिंहदरबार पुनर्निर्माण आयोजना प्रमुख तथा सहरी विकास विभागका सहसचिव पदम मैनाली भने भूकम्पले निकै इाति भएको सिंहदरबारको ईट्टा गारो सवै अति कमजोर भएका कारण नभत्काइ पुनर्निर्माण हुन नसक्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?