+
+
Shares

मनिषाकी प्रेमीले झुट बोले नबोलेको जाँच्न पोलीग्राफ गरिने

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १५ गते १३:३८

१५ जेठ, नवलपरासी । फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका रुद्रनारायण चौधरी ‘आशिष’को पोलीग्राफ गरिने भएको छ ।

aashish chaudharyआशिष प्रेमी हुन् र, उनले हत्या गरेको आशंकासहित अनुसन्धान भइरहेको छ । तर, उनले भने घटना भएको रात मनिषा र आफ्नो झगडा भएको तर, हत्या नगरेको दाबी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीका अनुसार तिलकपुरका २२ वर्षीय आशिषलाई आइतबार पोलीग्राफ (प्रविधि प्रयोग गरी झुटो बोलेको वा साँचो बोलेको थाहा हुने) गरिने भएकाले घटनाबारे थप तथ्य आउने छ ।

मनीषाको शव परीक्षण प्रतिवेदन पनि आइतबार नै आउँदैछ  । सत्र वर्षीया मनीषा नवलपरासीको बर्दघाट– ८ पञ्चनगर, भानुनगर गाउँस्थित आफ्नै निवासमा बिहीबार बिहान मृतावस्थामा फेला परेकी थिइन् ।

प्रहरीले अभियुक्त चौधरी सहित अन्य एक जनालाई समेत नियन्त्रणमा लिए पनि अन्य एक जनाको नाम सार्वजनिक गरेको छैन ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?