Comments Add Comment

हुलाकी राजमार्गदेखि मध्यपहाडी लोकमार्गसम्म बजेट

सडक सञ्जालमा सरकारको विशेष जोड

Hulaki-Rajmarga
१५ जेठ, काठमाडौँ । सरकारले बजेट भाषणमा सडक सञ्जाल विस्तारलाई विशेष महत्व दिएको छ । पूर्व-पश्चिम राजमार्ग र उत्तर-दक्षिण कोरिडोरलाई आधुनिक सुरक्षित राजमार्गका रुपमा विस्तार गर्ने सरकारले घोषणा गरेको छ ।

सरकारले सडकलाई आर्थिक व्यापारिक, पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

यस्तो छ योजना

काठमाडौ-निजगढ दु्रतमार्ग निर्माणका लागि १० अर्ब बजेट छुट्याइएको छ । यो आयोजनाको अनुगमन र सहजीकरणका लागि बिशेष संयन्त्र निर्माण गर्ने घोषणा गरिएको छ ।

त्यस्तै तराई मधेसमा हुलाकी राजमार्ग निर्माणका लागि ४ अर्ब २० करोड बजेट छुट्याइएको छ । हुलाकी राजमार्ग निर्माणको पहिलो चरणमा ५ सय १८ किलोमिटर सडकलाई तीन वर्षभित्र डबल लेनमा स्तरोन्नती गर्ने लक्ष्य लिइएको छ ।

दोस्रो चरणमा ११५२ किलोमिटर हुलाकी सडक निर्माणका लागि आगामी आर्थिक वर्षभित्र डीपीआर गरी निर्माण कार्य थाल्ने घोषणा  सरकारले गरेको छ ।

त्यसैगरी पुष्पलाल मध्यपहाडी राजमार्गको निर्माण कार्यलाई सरकारले विशेष जोड दिएको छ । यो राजमार्गका निर्माण लागि ५ वर्षभित्र पूरा गर्न वहुवषर्ीय ठेक्का लगाइने भएको छ । यसका लागि २ अर्ब ८८ करोड बजेट छुट्याइएको छ ।

यस्तै पूर्वाञ्चल र मध्यमाञ्चलका भित्री मधेश र चुरे क्षेत्रको आर्थिक समृद्धिसँग जोडिएको ३ सय १८ किलोमिटर लामो धरान-चतरा-गाईघाट-कटारी-सिन्धुलीबजार-हेटौडा सडक निर्माणका लागि आगामी आर्थिक बर्षबाट काम शुरु गर्ने घोषणा सरकारले गरेको छ । यसका लागि ३ अर्ब २ करोड बजेट छुट्याएको छ ।

डोल्पा सदरमुकामलाई एक बर्षभित्र र हुम्ला सदरमुकामलाई दुई बर्षभित्र सडक सञ्जालमा जोड्ने लक्ष्य लिइएको छ ।
त्यस्तै तराईका पूर्वपश्चिम राजमार्गबाट दक्षिणी सीमावर्ती नाका जोड्ने सडकहरुलाई चार लेनमा स्तरोन्नती गर्ने घोषणा गरेको छ । यसका लागि २ अर्ब बजेट छुट्याएको छ ।

यस्तै काठमाडौँ बाहिरी चक्रपथको निर्माणका लागि काम थाल्ने सरकारले बजेट भाषणमा समेटेको छ । सरकारले मुख्य दुई लेनको राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने महत्वाकाक्षी घोषणा गरेको छ ।

पूर्व-पश्चिम राजमार्गको काँकडभित्ता- बुटवल- गड्डा चौकी, पृथ्वीराजमार्गको काठमाडौँ-पोखरा, अरनिको राजमार्गको सूर्यविनायक-धुलिखेल-तातोपनी र भैरहवा-लुम्बिनी-तौलिहवा-बहादुरगञ्ज सडक खण्डलाई चार लेनको आधुनिक राजमार्गमा स्तरोन्नति गर्ने घोषणा गरिएको छ ।

पृथ्वी राजमार्गको नागढुंगामा सुरुङ मार्ग निर्माण गर्न सरकारले १ अर्ब ८६ करोड छुट्याएको छ । निजी क्षेत्रले चाहेको काठमाडौँ-हेटौँडा सुरुगमार्गको निर्माणमा सहजीकरण गर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमा घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment