+
+
Shares

धुर्मुस-सुन्तलीको पुनःनिर्माण अभियानलाई बोष्टन तामाङबाट ६ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १५ गते २१:००

Dhurmusबोष्टन, अमेरिका । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा रहेको गिरान्चौरमा चर्चित हाँस्य कलाकार धुर्मुस र सुन्तलीले निर्माण गर्न लागेको गाउँका लागि अमेरिकाको बोष्टनमा रहेको तामाङ समाजले ६ लाख रुपैयाँ सहयोग गरेको छ ।
गत बर्ष गएको बिनासकारी भूकम्पबाट पुरै क्षतिग्रस्त बनेको गाउँ पुनःनिर्माण गर्न सरकारले धुर्मुस-सुन्तली फाउण्डेसनलाई अनुमति दिएको छ ।
सोही भूकम्पका बेला बोष्टमा रहेका बिजय तामाङ र प्रेम तामाङ लगायतको अग्रसरतामा भूकम्पपीडितका लागि सहयोग रकम संकलन भएको थियो । तर, संकलित सहयोग रकम पिडीतकै हातमा पुग्ने विश्वास नभएपछि सो रकम नेपाल नपठाइ राखिएको थियो ।
‘धुर्मुस-सुन्तलीले आफै खटेर काम गरिरहेको देखेपछि उहाँको अभियानमा सहयोग गर्न यो रकम उहाँहरुलाई पठाइएको हो’ बिजय तामाङले अनलाइनखबरसँग भने ।
सो रकम शुक्रबार समरभिलस्थित प्रभु मनी ट्रान्सफरबाट धुर्मुस सुन्तली फाउण्डेनसका नाममा पठाइसकिएको र धुर्मुस अर्थात् सिताराम कट्टेललाई टेलिफोनमार्फत् त्यसबारे जानकारी गराइ सकिएको तामाङले जानकारी दिए ।
साथै उनीहरुले भूकम्प पिडीतका लागि भनेर उठाइएको यस्तो रकम धुुर्मुस सुन्तलीलाई पठाएर वास्तविक पिडीतसम्म रकम पुर्‍याउन प्रवासका अन्य संस्थाहरुलाई पनि आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?