Comments Add Comment

ताप्लेजुङका पहिरो पीडितलाई खानेपानीको पाइप वितरण

3 photo khanepani paip१६ जेठ, ताप्लेजुङ । ताप्लेजुङका ६ गाविसका पहिरो पीडित परिवारलाई खानेपानीको पाइप वितरण गरिएको छ । सेवा फाउण्डेसन अमेरीकाको आर्थिक सहयोगमा पीडितहरुलाई पाइप वितरण गरिएको हो ।

पहिरोले मुहानसँगै खानेपानीको पाईप र घर बगाएका जिल्लाका सान्थाक्रा, खाम्लुङ, लिङ्तेप, खोक्लिङ, लिवाङ र थिङ्लाबु गाविसका पीडित परिवारलाई सेवा फाउण्डेसनको आर्थिक सहयोगमा नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ र डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले बाह्र लाख मुल्य बराबरको खानेपानीको पाइप वितरण गरेको हो ।

पहिरो पीडित परिवारको माग बामोजिम जिल्ला विपत व्यवस्थापन समितिको समन्वयमा विभिन्न साइजका पाइप खोक्लिङ गाविसमा ५ हजार एक सय, लिवाङमा ९ हजार एक सय, लिङ्तेपमा २ हजार, खाम्लुङ्मा २ हजार एक सय, थिङ्लाबुमा २ हजार चार सय र सान्थाक्रामा २ हजार सात सय मिटर वितरण गरीएको नेपाल नेत्र ज्योति संघ ताप्तेजुङका अध्यक्ष मुक्ति पौडेलले बताए । तीन गाविसमा ५०, ४०, ३२, २५, २० र १६ एमएमका पाईप वितरण गरीएको हो ।

2 photo khanepani paipपहिरो पीडित परिवारहरुले खानेपानीको अभावमा अकाशे पानी थापेर प्रयोग गरीरहेको र घण्टौँ सम्म पानी लिन जानुपर्ने बाध्यता भएका कारण विपत व्यवस्थापन समितिको समन्वयमा खानेपानीको पाइप वितरण गरिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाण्डे पाण्डेले बताए ।

खानेपानीको व्यवस्थापनका लागि खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय ताप्लेजुङले पनि मुहान सर्वेक्षण, ट्याङ्कि व्यवस्थापन र वितरणको योजना बनाईरहेकाले यो सहयोगले आफुहरुलाई काम गर्न अझै सहज हुने खानेपानी तथा सरसफाई सव डिविजन कार्यालय ताप्लेजुङका प्रमुख ईन्जिनियर राम प्रसाद दाहालले बताए ।

खानेपानीको पाईप ट्याक्टर मार्फत पहिरो प्रभावित क्षेत्र नजिकै हान्द्रुङका लागि शनिवार एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले सो गाविसका गाविस सचिव मार्फत पहिरो पीडितलाई वितरण गरेका थिए । गत वर्षको जेठ २७ मा आएको पहिरोका कारण यी गाविसमा ६९ जनाले ज्यान गुमाएका थिए भने सयौ परिवार विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment