१६ जेठ, काठमाडौं । माग सम्बोधन गर्न सरकार गम्भिर नभएको निष्कर्ष निकालेको संघीय गठबन्धनले आज वीरगन्जमा बिरोध प्रदर्शन गर्दे छ ।
राजधानी केन्द्रित आन्दोलन हिजोबाट सकिएसँगै संघीय गठबन्धनले आज वीरगन्जमा विरोध प्रदर्शन गर्ने भएको हो । विरगन्जमा आयोजना हुने विरोध प्रदर्शनमा गठबन्धनका शीर्ष नेताहरु सहभागी हुने जनाइएको छ ।
राजधानी केन्द्रीत आन्दोलन अन्तर्गत सिंहदरबार र बालुवाटार घेराउ गरेको गठबन्धनका नेता दोस्रो चरणको आन्दोलन अन्तर्गत राजधानी बाहिर गएका हुन् । उनीहरुले भोली पोखरामा विरोध प्रदर्शन कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकेका छन् ।
यसअघि सरकारले मोर्चालाई छलफलमा बोलाएको भएपनि बैठकमा उनीहरु सहभागी भएनन् । प्रधानमन्त्रीको पत्र आफूहरुले नपाएको बताएको गठबन्धनले मोर्चाको नाममा नभइ गठबन्धनको नाममा वार्तामा बोलाइनुपर्ने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4