दुनियामा मानिसहरुले अरु भन्दा फरक देखिन तथा किर्तिमान राख्नका लागि अनेकथरि काम गर्दछन् । मानिसलाई अनौठो तथा साहसी काम गर्नका लागि उमेरले छेक्दो रहेनछ । भारतका एक व्यक्तिले ७४ वर्षको भैसक्दा विभिन्न २० वटा विश्वकिर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
राजधानी नयाँदिल्लीमा बस्ने हर प्रकाश ऋषि नामका ती व्यक्तिले आफुलाई गिनिज ऋषि भन्न रुचाउँछन् । ऋषि मात्र होइन उनकी पत्नी पनि गिनिज रेकर्ड होल्डर हुन् र बच्चाबच्चीले पनि उनलाई पूरै साथ दिएका छन् ।
ऋषिले किर्तिमान राख्ने धूनमा के मात्र गरेका छैनन् । मुखभित्रका दाँत सबै फुकालेका छन् ता की ५ सय भन्दा बढि पाइप तथा ५० भन्दा बढि मैनबत्ती मुखमा राख्न सकियोस् ।
ऋषिले पहिलोपटक सन् १९९० मा गिनिज बुकमा नाम लेखाएका थिए । उनीसँगै अरु दुइजना साथीहरुले १ हजार १ घण्टासम्म लगातार स्कुटर चलाएर किर्तिमान राखेका थिए । उनले टमाटर क्याचअपको एक बोतल ३९ सेकेण्डमा खाएर पनि वल्र्ड रेकर्ड राखेका थिए, जसलाई पछि जर्मनकी एक व्यक्तिले तोडेका थिए ।
ऋषि आफुलाई मानिसहरुले विशेष मान्ने बताउँछन् । गरीब मानिसहरुले जिवनमा संघर्ष गर्न तथा प्रगति गर्नका लागि आफूबाट प्रेरणा लिने उनको भनाई छ । परिवार र समाजलाई आफु व्यवसायिक मान्छे भएको देखाउन चाहन्छन् उनी ।
किर्तिमान राख्नका लागि ऋषिले दुनियाका देशहरुका झण्डा तथा नक्सा गरी ५ सय वटा टाटु सरीरमा खोपाएका छन् । अहिले उनले आफ्नो जिउमा विश्वका चर्चित मानिसहरुका टाटु पनि खोपाइरहेका छन् । नरेन्द्र मोदी, बाराक ओबामा, बेलायती रानी एलिजाबेथ, महात्मा गान्धी आदि व्यक्तिका टाटु उनले जिउमा खोपाइरहेका छन् ।
प्रतिक्रिया 4