Comments Add Comment

‘छक्का पन्जा’ गीतमा रेल कुदाउने सपना, दीपाश्रीले गरिन् अाेलीकाे प्रशंसा

chakka panja song
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पूर्वदेखि पश्चिमसम्म रेल कुदाउने कुरा गरिरहेको वेला चलचित्र ‘ छक्का पञ्जा’ युनिटले पनि मुलुकमा रेल कुदेको सपना देखेका छन् ।

हाँस्य कलाकार दीपाश्री निरौलाको डेब्यू निर्देशन रहेको चलचित्र ‘छक्का पञ्जा’को पूर्व पश्चिम रेल बोलको गीत सार्वजनिक भएको छ । सरकारले बजेट ल्याएकै दिन पुर्वपश्चिम रेलको प्रसंग संयोग मात्रै भएको निर्देशक दीपाश्रीले बताइन् ।

तर, पनि प्रधानमन्त्री ओलीको सपना देख्ने शैलिको प्रसंसा उनले गरिन् । ‘सपना देख्नु नराम्रो हैन । तर, देखेको सपनालाई कार्यान्वयन पनि गर्नुपर्छ ।’ दीपाले भनिन् ।

राजनराज शिवाकोटीको संगीत रहेको यो गीतमा अन्जु पन्त र राजनराजको स्वर छ । लोक शैलिको उक्त गीतमा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’, बर्षा राउत, नम्रता सापकोटा लगायतका कलाकारले अभिनय गरेका छन् ।

राजनराजकै संगीत रहेको चलचित्र ‘वडा नम्बर छ’ को ‘सुर्के थैलि खै’ बोलको गीत युट्युबका दर्शकलाई सर्वाधिक मन पर्ने गीतको रुपमा चिनिन्छ । अहिलेसम्म ‘सुर्के थैलि’लाई ७८ लाख बढी दर्शकले हेरिसकेका छन् ।

यो गीतको कोरियोग्राफीले पनि ‘सुर्के थैली’कै झझल्को दिन्छ । नायिका कार्कीको पहिरन पछिल्ला केही चलचित्रमा उस्तै देखिएकाले पनि उनमा फरकपना आएको छैन । यो गीतलाई सार्वजनिक भएको २४ घन्टा नवित्दै यो समाचार तयार पार्दासम्म करिब ८० हजारले हेरिसकेका छन् ।

‘सुर्के थैली’ भन्दा यो गीतका शब्द मुखमा झुन्डिन समय लाग्छ । यसैले पनि होला भदौ २४ गते प्रदर्शनमा आउने चलचित्रको गीत करिब ३ महिना अगाडि रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment