+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

‘छक्का पन्जा’ गीतमा रेल कुदाउने सपना, दीपाश्रीले गरिन् अाेलीकाे प्रशंसा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १६ गते ९:५७

chakka panja song
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पूर्वदेखि पश्चिमसम्म रेल कुदाउने कुरा गरिरहेको वेला चलचित्र ‘ छक्का पञ्जा’ युनिटले पनि मुलुकमा रेल कुदेको सपना देखेका छन् ।

हाँस्य कलाकार दीपाश्री निरौलाको डेब्यू निर्देशन रहेको चलचित्र ‘छक्का पञ्जा’को पूर्व पश्चिम रेल बोलको गीत सार्वजनिक भएको छ । सरकारले बजेट ल्याएकै दिन पुर्वपश्चिम रेलको प्रसंग संयोग मात्रै भएको निर्देशक दीपाश्रीले बताइन् ।

तर, पनि प्रधानमन्त्री ओलीको सपना देख्ने शैलिको प्रसंसा उनले गरिन् । ‘सपना देख्नु नराम्रो हैन । तर, देखेको सपनालाई कार्यान्वयन पनि गर्नुपर्छ ।’ दीपाले भनिन् ।

राजनराज शिवाकोटीको संगीत रहेको यो गीतमा अन्जु पन्त र राजनराजको स्वर छ । लोक शैलिको उक्त गीतमा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’, बर्षा राउत, नम्रता सापकोटा लगायतका कलाकारले अभिनय गरेका छन् ।

राजनराजकै संगीत रहेको चलचित्र ‘वडा नम्बर छ’ को ‘सुर्के थैलि खै’ बोलको गीत युट्युबका दर्शकलाई सर्वाधिक मन पर्ने गीतको रुपमा चिनिन्छ । अहिलेसम्म ‘सुर्के थैलि’लाई ७८ लाख बढी दर्शकले हेरिसकेका छन् ।

यो गीतको कोरियोग्राफीले पनि ‘सुर्के थैली’कै झझल्को दिन्छ । नायिका कार्कीको पहिरन पछिल्ला केही चलचित्रमा उस्तै देखिएकाले पनि उनमा फरकपना आएको छैन । यो गीतलाई सार्वजनिक भएको २४ घन्टा नवित्दै यो समाचार तयार पार्दासम्म करिब ८० हजारले हेरिसकेका छन् ।

‘सुर्के थैली’ भन्दा यो गीतका शब्द मुखमा झुन्डिन समय लाग्छ । यसैले पनि होला भदौ २४ गते प्रदर्शनमा आउने चलचित्रको गीत करिब ३ महिना अगाडि रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?