Comments Add Comment

नेविसंघ महाधिवेशन असार अन्तिम साता गर्न प्रस्ताव

मिति र स्थान टुंगो लगाउन केन्द्रीय समिति बैठक आह्वान

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आगामी असार अन्तिम साता महाधिवेशन गर्ने तयारी गरेको छ ।

Nebisangशेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भएलगत्तै नेविसंघ लगायत सबै भ्रातृ संगठनहरुको महाधिवेशन भदौ महिनाभित्र गराउने घोषणा गरेका थिए । नेविसंघ, तरुण दल, महिला संघ लगायतका कांग्रेस भ्रातृ संस्थाहरुको महाधिवेशन ०६४ सालयता भएको छैन ।

महाधिवेशनको मितिबारे छलफल गर्न नेविसंघको तदर्थ समितिको बैठक आउँदो २५ गते बस्दैछ । १ सय २१ सदस्यीय समितिको बैठकमा अध्यक्ष रञ्जित कर्णले असार अन्तिम साता महाधिवेशनको मिति प्रस्ताव गर्ने नेविसंघ प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । महाधिवेशन काठमाडौं, पोखरा वा चितवनमध्ये कुनै एक जिल्लामा गराउने तयारी भइरहेको छ ।

बैठकमा विधानका विषयमा पनि छलफल हुने छ । लामिछानेले भने, ‘पदाधिकारीको संख्या कति हुने, केन्द्रीय समिति कति सदस्यीय हुने लगायतका तमाम विषयहरु छन्, जसलाई अबको बैठकबाटै टुंगो लगाउने तयारी भइरहेको छ ।’

नेविसंघ आगामी महाधिवेशनबाट संघीयताअनुसारको ढाँचामा जाने छ । यसअघि हरेक अञ्चलबाट केन्द्रीय समितिमा प्रतिनिधित्व हुने गरेकामा अबदेखि प्रदेशका आधारमा हुनेछ ।

नेविसंघका महाधिवेशन प्रतिनिधिहरु करिब ३४ सय जना रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment