Comments Add Comment

कृषिमन्त्री गजुरेल भन्छन्- प्रधानमन्त्री र अर्थमन्त्रीले किसानमाथि चिसो पानी खन्याए

बजेटमा किसानलाई पेन्सन दिने कार्यक्रम नसमेटिएको भन्दै असन्तुष्टि

Haribol-Gajurel

१६ जेठ, काठमाडौं । किसानलाई पेन्सन दिने कार्यक्रम बजेटमा नसमेटिएको भन्दै कृषिमन्त्री हरिबोल गजुरेलले गम्भीर असन्तुष्टि जनाएका छन् । पेन्सनको कार्यक्रम छुटाएर एमालेले सहयात्री दलमाथि षड्यन्त्रकारीको व्यवहार गरेको आरोप उनले आरोप लगाए ।

दीगो कृषि विकासका चुनौति र अवसरबारे आइतबार काठमाडौमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री गजुरेलले भने, ‘बजेटमा पेन्सनको कार्यक्रम समावेश नगरेर प्रधानमन्त्री र अर्थमन्त्रीले किसानमाथि चिसो पानी खन्याए ।’

कृषि विकास मन्त्रालयले मिहेनतसाथ तयार पारेको योजनालाई रद्दीको टोकरीमा फालेर कृषिको बजेटलाई लंगडो पारिएको मन्त्री गजुरेलको भनाइ छ ।

‘सम्भाव्यता अध्ययन अर्थहीन’

बजेटमा किसानहरुका लागि सामाजिक सुरक्षा कोषको सम्भाव्यता अध्ययन गरिने उल्लेख भए पनि उक्त अध्ययनको कुनै अर्थ नरहेको कृषि विकासमन्त्री गजुरेलले दाबी गरे । उनले कृषिको आधुनिकीकरण सम्बन्धी परियोजना प्रधानमन्त्रीको नाममा राखिएकोप्रति पनि असन्तुष्टि जनाए ।

विभागीय मन्त्रीका नाताले आफूसँग सल्लाह नै नगरी प्रधानमन्त्रीको नाममा राखिएको परियोजनाको स्वामित्व लिएर कार्यान्वयन गर्ने कुरा सहज नभएको उनले बताए ।

आधुनिकीकरण, व्यावसायिकीककरण र यान्त्रिकीकरण गरी कृषिको उत्पादकत्व बढाउन भन्दै बजेटमा ५ अर्ब ७८ करोड रुपैयाँसहितको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment