Comments Add Comment

खुलामञ्चमा नाचगानसहित संघीय गठवन्धनले रिले अनसन थाल्ने

federal allience_protest (14)
फाइल तस्वीर

१७ जेठ, काठमाडौं । आन्दोलनरत संघीय गठवन्धनले जेठ २५ देखि काठमाडौंको खुलामञ्चमा सांस्कृतिक कार्यक्रम एवं नाचगानसहित १२ घन्टे रिले अनसन थाल्ने भएको छ ।

गठवन्धनका संयोजक उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेका छन् । गठवन्धनले जेठ २ र ३ गते सिंहदरवार घेराउ गरेको थियो भने ४ गते बालुवाटारमा धर्ना दिएको थियो । तर, त्यसपछि राजधानीका विभिन्न स्थानमा सभा गरेको गठवन्धनले अब रिले अनसनतिर लागेको छ ।

यादवका अनुसार जेठ २५ देखि असार मसान्तसम्म प्रत्येक दिन विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म रिले अनसन बसिनेछ ।

गठवन्धनमा सहभागी घटकहरुबाट भ्रातृ संगठनहरुलाई पनि सहभागी गराएर प्रत्येक दिन एक-एक जना रिले अनसनमा बस्ने विज्ञप्तिमा उल्लेख छ ।

अनसनलाई प्रभावकारी बनाउन तीन बजेपछि साहित्यिक कार्यक्रम, सांस्कृतिक सभा र जनसभा समेत आयोजना गरिने गठवन्धनले जनाएको छ । रिले अनसनका कार्यक्रमहरु प्रदेश र जिल्लाहरुमा पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment