Comments Add Comment

गरिबको सूचीमा सरकारी कर्मचारी !

वास्तविक गरिब परिवार मर्कामा

small-hut१८ जेठ, काठमाडौं । सरकारले गरिब घर पहिचानको नामावली संकलन थाले पनि पहिलो चरणमा मुगुका २४ गाविसमा सरकारी कर्मचारीका परिवानर नै गरिबको सूचीमा परेका छन् ।

गरिबी निवारण मन्त्रालयले गरिब घर पहिचान समन्वय समितिअन्र्गत गरिब पहिचान समन्वय समितिको बोर्डले पहिलो चरणको नामावली संकलनमा सरकारी कर्मचारीको नाम राखेर पठाएको आजको अन्नपूर्णमा समाचार छ ।

२०६९ बाट सुरु गरिएको गरिब घर पहिचान सर्वेक्षण तथा नामावली संकलनमा गैरसरकारी संस्थाा कार्यरत कर्मचारीहरुको नाम प्रकाशित गरिएको हो ।  जिल्लाका २४ गाविसमा ५ हजार ४ सय ८८ घरधुरी छन् ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजीसीडीपीका २४ गाविसकै सामाजिक परिचालकमार्फत संकलन गरिएको तथ्यांक दाबी विरोधका लागि सूचना प्रकाशन गरिएको नामावलीमा ३६ सय ५७ घरधुरी गरिब घरको तथ्यांकमा परेका छन् ।  यस्तै १८ सय ३१ घरधुरी पहिचान हुन बाँकी छ ।

यसमध्ये ३१ घरधुरीमा सरकारी कर्मचारी, शिक्षक र गैरसरकारी संस्थाका कर्मचारी नामावलीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment