तपाइँलाई फेसबुकको लत कत्तिको लागेको छ । फेसबुक चलाउने धूनमा आफ्ना अन्य काम, गफगाफ तथा पढाइलाई लात मारिरहनु भएको त छैन ? वास्तवमा फेसबुक, टि्वटर तथा इन्स्टाग्रामजस्ता सोसल मिडियामा यदि तपाइँ धेरै समय बिताउनुहुन्छ भने यसले तपाइँको काममा जरुर असर पार्दछ ।
कहिलेकाहीँ केही मानिसहरु आफ्नो स्मार्टफोनमा कुनै एपमा यसरी झुण्डिन्छन् की मानौँ दुनियामा उनीहरुको अरु केहीपनि र कोहीपनि छैन ।
कहीँ तपाइँले पनि सोसल मिडियामा समय बिताएर आफ्नो अरु कामलाई भुलिरहनुभएको त छैन ? यदि त्यसो हो भने तपाइँले केही एपको सहारा लिन सक्नुहुन्छ । विभिन्न एपहरु उपलब्ध छन् जसले मानिसहरुलाई सोसल मिडियाको लतबाट टाढै राख्न मद्दत गर्दछन् वा सोसल मिडियाको लत छुटाउन सहयोग गर्दछन् ।
सोसल नेटवर्किंग साइटहरुको एउटै उद्धेश्य के हुन्छ भने प्रयोगकर्ताहरु उनीहरुको एप वा साइटमा धेरै भन्दा धेरै समय बिताउन् । किनकी प्रयोगकर्ताले जति धेरै उक्त साइट हेरे उति नै त्यसमा विज्ञापन दिनेहरुका लागि राम्रो हुन्छ ।
तर यी एपहरुले भने स्मार्टफोन वा कम्प्युटरको स्त्रिmनमा झुण्डिने होइन साथीभाइ तथा परिवारसँग समय बिताउन प्रयोगकर्तालाई प्रेरित गर्दछन् । यदि तपाइँलाई पनि साथीभाइ वा परिवारसँग बढि भन्दा बढि समय बिताउन मन छ भने आफ्नो एन्ड्रोइड वा एप्पल स्मार्टफोनमा छिटै यस्ता एप इन्स्टल गर्नुहोस् । सोसल साइट तथा स्मार्टफोनको लत छुटाइदिने ६ एप यी हुन्ः
Offtime (iOS, Android)
Moment (iOS)
BreakFree (iOS, Android)
Flipd (Android)
AppDetox (Android)
Stay on Task (Android)
प्रतिक्रिया 4