+
+
Shares

जनतामा हाँसो ल्याएन भने यो संविधान पनि टिक्दैनः थापा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १९ गते १८:०५

Kamal-Thapa

१९ जेठ, मकवानपुर । उपप्रधानमन्त्री कमल थापाले जनचाहना अनुसार नेताहरु आर्थिक विकास र सम्वृद्धिमा नलागे संविधान टिकाउ नहुने दाबी गरेका छन् । संविधान कार्यान्वयन गर्दै आर्थिक विकासमा लाग्न सबै दललाई उनले आग्रह गरे ।

राप्रपा नेपाल मकवानपुर क्षेत्रनम्वर दुईको क्षेत्रीय अधिवेशनलाई बुधबार कुलेखानीमा सम्वोधन गर्दै थापाले भने, ‘सात सालमा राजा र जनताको प्रयासमा आएको संविधानपछि आधा दर्जन संविधान फालिएका छन् । यो संविधानले पनि जनतामा हाँसो ल्याएन भने यो पनि जनताले फाल्ने छन् ।’

संविधान निर्माण गरी कार्यान्वयन गर्न तथा नेपालको सम्वृद्धिमा लाग्न भनेर जनताले चुनावमा आफूहरुलाई जिताएकाले भोटको सदुपयोग गर्नुपर्ने उनले धारणा राखे ।

राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापाले अबको राजनीतिमा विद्रोह र आन्दोलन नभएर शान्ति चाहिने बताए । नेपालमा शान्ति, स्थायीत्व र विकास चाहानेहरुका लागि राप्रपा नेपाल एक मात्र विकल्प रहेको पनि उनले दाबी गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?