+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कपिलवस्तुमा अवैध रूपमा बालुवा निकासी, प्रहरी मिलेमतो रहेको स्थानीयको आरोप

सनिउल्ला धोबी सनिउल्ला धोबी
२०७३ जेठ २० गते १०:०५

baluwa_chori२० जेठ, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नदीको विभिन्न घाटहरुबाट सशस्त्र प्रहरीकै मिलोमतोमा बालुवाको अवैध निकासी भैरहेको स्थानीयले आरोप लगाएका छन् ।

जिल्ला सीमा सुरक्षा कार्यालयसँगै जोडिएको वाणगंगा नदीको सगरहवा नाकाबाट रातको समयमा दर्जनौं ट्याक्टरले बालुवा निकासी गर्दा समेत सशस्त्र प्रहरी मौन बसेको भन्दै स्थानीयबासीले आक्रोश पोखेका छन् ।

संचारकर्मीहरुको टोलीले स्थलगत अनुगमन गर्दा रातको समयमा बालुवाको अवैध निकासी पाइएको थियो । यस्तै  सीमा सुरक्षा कार्यालय नजिकै रहको अर्को नाका तिलौरी घाटबाट पनि रातको समयमा दैनिक ५० बढी टेयाक्टरबाट बालुवा निकासी हुने गरेको स्थानीयले बताए ।

त्यहा निकासी गरिएको बालुवा गोबरी र त्यस आसपास क्षेत्रमा डम्पीङ गरी राखिएका छन् । ‘बालुवाको अवैध रुपमा निकासी हुँदा समेत नजिकै रहेको सशस्त्र प्ररही मौन बस्नुले उनीहरुको पनि मिलेमतो प्रष्ट हुन्छ, ‘ एक स्थानीयले बताए ।

राति  करीब ९ बजे पछि विहान ४ बजे सम्म सो नाकाबाट बालुवा चोरी निकासी भै रहेको कपिलवस्तु नगरपालिका १९ का सन्तोष यादवले बताए । रात भर खोलामा ट्याक्टरको घुईचो लाग्छ, यादवले भने, “हामी ट्याक्टर रात भर चलेको र बालुवा चोरी भैरहेको थाहा पाउंछौं तर के गर्नु बोल्यो भने ज्यानकै खतरा हुन सक्छ । त्यस कारण देखेको नदेखे झै गर्छौं ।”

स्रोतका अनुसार प्रति ट्याक्टर ५ सय रुपैया शशस्त्र प्रहरीलाई बुझाउनु पर्छ । अनि रकम बुझाए पछि शशस्त्र प्रहरीले पनि देखेको नदेखे झै गर्छन् । यसरी रातको समयमा वाणगंगा नदीका विभिन्न नाकाहरुबाट बालुवा चोरेर ल्याई डम्पिंग गर्ने अनि दिउसोको समयमा सप्लायर्सको विल काटेर बैधानिक जस्तो बनाई सो चोरीको बालुवा बेच्ने कारोवार अहिले चलेको छ । यस सम्वन्धमा भने आफुलाई कुनै जानकारी नरहेको सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर रजालीले बताए ।

तीन दिन अघि कपिलवस्तु नगरपालिका १२ चौबिसहजारमा रहेको एक नदजिन्यपदार्थको डम्पिङ्ग क्षेत्रमा निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खडका नेतृत्वको टोलीले छापा मार्दा बालुवा चोरी गरेर डम्पिंग गरी विक्री वितरण गरेको पाईएको छ ।

बाणगंगा नदीको जर्लैहा नाका नाका बन्द भएको अवस्थामा रातभरमै प्लटमा नदीजन्य पदार्थ थुपि्रनुले रातभर नदीजन्य पदार्थको चोरी हुने गरेको प्रष्टिएको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले बताए ।

बाणगगा खोला अन्र्तगतका तिलौरी, सगरहवा, रामघाट, पटखाहवा, पिपरी, बिजगौरी लगायतका नाकाहरुबाट निकासी बढेका छन् । प्रारम्भिक वातावरणीय प्रभाव मुल्यांकन आईर् स्किृत नहुदा ती नाकाहरुबाट यस बर्ष निकासी हुन सकेन । जिबिस राजस्व फाट अनुसार आइईई कै कारण जिबिसले यस बर्ष सो नाकाहरुको ठेक्का लगाउन नसकेको हो ।

यस बर्ष सुरई  चिरई, गब्धाहवा, धिरी लगायतका स- साना खोलाहरुबाट मात्र निकासीको ठेक्का लगाईएको छ । प्लट ब्यापारीले दिनरात नै ती खोलाहरुबाट बालुवा ढुवानी गरी ठाउ ठाउमा थुपारेर राखेका छन् । त्यही माललाई बैध भएको देखाउदै तिनीहरुले खुलेयाम चर्को मुल्यमा बिक्री गर्ने गरेका छन् ।

सशस्त्र र नेपाल प्रहरी, स्थानीय प्रशासन र जिबिस लगायका कुनै पनि सरकारी निकायले त्यसको नियन्त्रणको लागि चासो लिएको पाईदैन । जसले गर्दा ती प्लट ब्यापारीहरु मनोबल झन बढेको स्थानीय गोपाल बरईले बताए ।

बाणगंगा पुलको उत्तर र दक्षिण, कोपवा नाका, तिलौरी, रामघाट, बिजगौरी, बगर्ददीघाट लगायतका नाकाबाट रातीका बेला बालुवा निकासी हुने गरेको एक निर्माण ब्यवसायीले बताए । बाणगंगा पुल नजिकको माल त्यही रहेका ३ क्रेसरमा लाने गरिएको छ । अन्य नाकाबाट प्लट र ट्याक्टर ब्यवसायीले निकासी गरी बिक्री गर्ने गरेका छन् ।

बिजगौरी पुल नजिकबाट दैनिक २०  देखि ३० ट्याक्टर माल अबैधरुपमा झिकिने गरिएको एक स्थानीयले बताए । कारोवारीले ढुवानी गरेको माल बिजगौरी बगैचामा थुपारेका छन् । रामघाट नाकाबाट पनि दैनिक २० ट्याक्टर बालुवा झिक्ने गरिएको छ । खोलाबाट निकालिएको बालुवा चैत्रादईमा रहेको दतिवनवा बावाको कुटी हुदै माल ट्याक्टरबाट ढुवानी गरिने गरिएको चेत्रादेईका एक स्थानीयले बताए ।

ढुवानी गरिएको माल कुटी अघि झार्ने गरिएको र सो माल टिप्परमा लोड गरी अर्घाखाचीमा पुर्याईने गरिएको उनले बताए । त्यहाको माल टिप्परमा गोरुसिंगे हुदै अर्घाखाची लाने गरिए पनि प्रहरीले भने पक्राउ गर्न कुनै चासो नदिएकोले प्रहरीकोको पनि मिलेमतो रहेको चेत्रादेईका स्थानीयको आरोप छ ।

यस्तो अवैध कारोवारमा ड्युटीमा रहेका कुनै पनि प्रहरीको मिलोमतो रहेको पाईए कडा विभागीय कारवाही हुने प्रहरी उपरीक्षक विष्णु केसीले बताए । चोरी निकासीका यस्ता घटनामा प्रहरीको मिलोमतो रोक्न प्रहरीहरुको ड्युटी स्थल पनि हेरफेर गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?