Comments Add Comment

जंगली च्याउ खाएर मृत्यु हुनेको संख्या ८ पुग्यो

poison mushroom

२० जेठ, पाँचथर । जंगलबाट टिपेर ल्याएको जंगली खाँदा पाँचथरमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम ३ जैसीडाँडा बस्ने १४ वर्षीय निसेस राई छन् ।

उनले गत जेठ १८ गते बेलुका जंगली च्याउ खाएका थिए । जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकी धरानस्थिति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।

योसहित मृत्यु हुनेके संख्या ८ पुगेको छ । गत जेठ १० गतेदेखि हाल सम्ममा ८ जनाको मृत्यु भइसकेको छ भने ९ जना विरामी भएका छन् ।
विरामी केहीको अवस्था गम्भिर रहेको पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment