Comments Add Comment

आफ्नै मोटाएको तस्बिर हेर्दा छक्क ऋचा(उत्कृष्ट ५ तस्बिर)

Richa Sharma (6)
नायिका ऋचा शर्मा केही दिन अगाडि चलचित्र ‘लुट २’को टिजर सार्वजनिक कार्यक्रममा पुगिन् । कार्यक्रम सकिएपछि मिडियामा नायिकाको तस्बिर नआउने त कुरै भएन । मिडियामा आएका तस्बिर देखेर ऋचा आफै झस्किइन् । कारण थियो, आफ्नै तस्बिर ।

तस्बिरमा ऋचा खुबै मोटाएको देखिएकी थिइन् । कलाकार भैसकेपछि फिटनेशलाई अझ विशेष ध्यान दिनुपर्ने हुन्छ । मिडियामा आउने तस्बिरले कलाकारका बारेमा दर्शकको सोच परिवर्तन गरिदिन्छ । Richa Sharma (1) Richa Sharma (3)ऋचाले अनलाइनखबरसँगको भेटमा भनिन्-‘त्यो तस्बिर हेरेपछि मलाई मेरी आमाले पनि भन्नुभयो । साच्चै, म कहाँ मोटाएकी छु र ? तस्बिर कसरि त्यस्तो आयो, म आफै छक्क छु ।’

ऋचाले आफू नमोटाएको र फिटनेशलाई विशेष ध्यान दिएको बताइन् । संभवत कसिलो पहिरन लगाएकाले पनि ऋचा तस्बिरमा केही मोटाएको देखिएकी थिइन् ।
Richa Sharma (7) Richa Sharma (8)

तस्विरः श्रीधर पाैडेल

चलचित्र ‘लुट २’को टिजर कार्यक्रममा ऋचाको तस्बिर यस्तो थियोः

richa and nischal basnet

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment