Comments Add Comment

‘शौचालयको दुःखले मनग्गे पानी पिउन सक्दिँन’

उमेर बढ्दै जाँदा व्यायाम जरुरी छ

Keki-Adhikari-3२२ जेठ, काठमाडौं । केकी अधिकारी नेपाली कला क्षेत्रमा चिरपरिचित नाम हो । विगत लामो समयदेखि उनी नेपाली चलचित्रमा सफल नायिकाका रुपमा स्थापित छिन् । हाल ‘जोसेफ’ नामक फिल्मको सुटिङ्गमा व्यस्त छिन् उनी ।

यति धेरै व्यस्तताका बीच उनले आफ्नो स्वास्थ्यलाई कसरी ध्यान दिएकी छिन् त ? यस सन्दर्भमा केकी अधिकारीसित अनलाइनखबरकर्मी ऋचा अर्यालले गरेको कुराकानीः

तपाईको तौल ?

दुई दिन अगाडि नाप्दा ४९ के.जी थिएँ ।

बजारभरि केकी अधिकारी मोटाइन् भन्ने हल्ला छ नि ? के भन्नुहुन्छ ?

पहिले भन्दा त अहिले दुब्लाइसकें । मेरो शरीर नै छिटो मोटाउने र छिटो दुब्लाउनेखालको छ । त्यसकारण मलाई कसैले मोटाएको छ भन्दा खासै फरक पर्दैन । एक हप्ता अगाडि देख्ने मान्छेले मोटो भनिरहेको हुन्छ, अर्को हप्ता देख्नेले दुब्लायो भन्छन् ।

विशेष कस्ता प्रकारका खानाले तपाईको शरीरमा असर पार्छ ?

मैदा मिसिएको खाना नै हो । मम लगायतका पीठो भएको खाना अलिकति धेरै खायो कि असर देखिन थालिहाल्छ ।

त्यसोभए फिट रहन के-के गर्नुहुन्छ ?

अहिले त एक हप्तादेखि फिटनेसको कक्षा लिइरहेकी छु । सकभर बिहानको कक्षा लिने प्रयास गर्छु । कुनैबेला सुटिङ्गका कारण बिहान जान नभ्याएको खण्डमा बेलुकी भए पनि जान्छु । तर, सकेसम्म कक्षा छुटाउँदिन ।

त्यसबाहेक बिहान उठ्नेबित्तिकै दिनमा दुई गिलास कागती-पानी खान्छु । त्यसपछि खालीपेटमै एउटा स्याउ खान्छु । त्यसबाहेक जुम्बा गर्छु । योग गर्छु । शरीरका विभिन्न अंगका लागि फिटनेस सेन्टरमा हरेक दिन फरक-फरक व्यायाम हुने हुँदा त्यसै अनुसार काम गर्छु ।

अर्को कुरा, कम्तिमा ६ देखि ८ घण्टासम्मको निद्रालाई विशेष महत्व दिन्छु । मान्छेको शरीरलाई आराम पनि चाहिन्छ । निद्राले त्यसको परिपूर्ति गरी शरीर र अनुहारको छाला राम्रो बनाउन मद्दत गर्छ ।

पानी कत्तिको पिउनुहुन्छ ?

दिनको पाँच लिटर पानी पिउँदा स्वास्थ्यका लागि त फाइदा नै हुन्थ्यो । तर, सुटिङ्गको दौरान सबै ठाउँमा शौचालयको राम्रो व्यवस्था हुँदैन । त्यस्तोबेला धेरै पानी पिउन सम्भव हुँदैन । बरु सकेसम्म कम पानी नै पिइन्छ । अन्यथा घर बसेका बेला जतिसक्दो धेरै पानी पिउने प्रयास गर्छु ।

त्यसबाहेक नि ?

आफ्नो डाइटमा विशेष ध्यान दिन्छु । सकभर चिल्लो खाना र नुनिलो खानाबाट परै बस्छु ।

तपाईको विचारमा स्वस्थ रहन व्यायाम कत्तिको महत्वपूर्ण छ ?

उमेर बढ्दै जादा मानिसको शरीरमा हुने मेटाबोलिज्म कमजोर हुँदै जान्छ । त्यसलाई ध्यान दिन पनि व्यायाम जरुरी छ  ।

हाम्रो समाजमा फिटनेसलाई धेरैजस्तो कलाकारसित जोड्ने चलन छ । तर, तपाईको विचारमा आम मानिसका लागि यो कत्तिको जरुरी छ ?

मैले अघि नै पनि भनिसकेँ । सानो उमेरमा त यसले खासै फरक पर्दैन । तर, उमेर बढ्दै जाँदा यसको आवश्यकता बढी रहन्छ । शरीरको मेटाबोलिज्म कम हुने हुँदा त्यसलाई तन्दुरुस्त राख्न पनि यो सबैका लागि उत्तिकै जरुरी हुन्छ ।

इन्टरनेटमा आउने विभिन्न् खानाका फाइदा वा बेफाइदासम्बन्धी जानकारीबारे तपाईको सोच के छ ? त्यस्ता कुरामा कत्तिको ध्यान दिनुहुन्छ ?

अचेल इन्टरनेटमा हरेक दिन दशथरीका कुरा आइरहेका हुन्छन् । यस्ता कुरा पहिले-पहिले त हेर्थें । तर, अहिले यस्ता साइट फलो गर्न छोडेकी छु । अब त हो कि हैन भन्नेमा शंका लाग्छ ।

कतिले त आफ्नो प्रचारका लागि पनि जे पायो त्यही हाल्छन् जस्तो लाग्छ । यस्ता कुरा वैज्ञानिकरुपमा प्रमाणित पनि भएका छैनन् । यस्ता कुरा इन्टरनेटमा प्रकाशित भएकै भरमा सेवन गर्दा त्यसले फाइदा पुर्‍याए त ठिकै हो, हानी गरे अर्को समस्या ।

तपाई कुन सेलिबिट्रीको फिगरबाट प्रभावित हुुनुहुन्छ ?

हलिउड, बलिउड सबै मिलाएर भन्नुपर्दा मलाई मनपर्ने फिगर भनेको बलिउडकी नायिका ज्याकलिन फर्नान्डिसको हो । उसको शरीर जीरो फिगरको पनि छैन, मोटो भनेर भद्दा पनि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment