+
+
Shares

निःशुल्क भनिएका औषधि स्वास्थ्य चौकीमा पाइदैन

सामान्य उपचारको लागि सदरमुकाम जानुपर्ने वाध्यता

रविन भट्टराई रविन भट्टराई
२०७३ जेठ २३ गते ८:१८

helth post1२३ जेठ, ताप्लेजुङ । सरकारले निः शुल्क उपलव्ध गराउने भनिएको चालीस प्रकारका मध्ये सामान्य प्रकृतिका औषधि समेत स्वास्थ्य संस्थामा उपलव्ध छैन ।

सामान्य ज्वरो, रुघाखोकीका औषधिसमेत स्वास्थ्य चोकीमा उपलब्ध नहुदा ग्रामिण क्षेत्रमा स्थानीय मर्कामा परेका छन् ।

ताप्लेजुङको पूर्वी विकट खेवाङ गाविसमा रहेको स्वास्थ्य चौकिमा सामान्य स्वास्थ्य उपचारका लागि समेत औषधि नहुँदा स्थानिय मर्कामा परेका छन् ।

बिरामीलाई सरकारले निशुल्क रुपमा उपलब्ध गराउने भनिएको चालीस प्रकारका औषधि मध्ये सामान्य प्रकृतिका आधा समेत औषधी स्वास्थ्य चौकिमा पाउन नसकिएको खेवाङका स्थानीय उमेश गौतमले बताए ।

यातायातको पहुँच समेत नपुगेको यस स्थानमा रहेको स्वास्थ्य चौकिमा केहि समय अघि मात्र अहेब बाबुराम मुखियाले सेवा दिन थाले पनि औषधी नहुँदा उपचारमा समस्या भएको उनको भनाइ छ ।

स्वास्थ्य चौकिमा रुघा खोकि देखि गम्भिर प्रकृतिका विरामि समेत आउने गरे पनि सिटामोल, डिकोल्ड, ब्रोफिन र अन्य केहि सामान्य उपचारमा आवस्यक औषधिमात्र हुँदा सामान्य विरामिलाई समेत सदरमुकाम र अन्य स्थानमा पठाउनुपर्ने बाध्यता रहेको अहेब बाबुराम मुखियाले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि मगाए पनि ढुवानि समस्या र अन्य कारण देखाउँदै औषधी नपठाउँने हुँदा यस गाविसका स्थानिय स्वास्थ्य सेवा लिन बाट बन्चित भएको स्थानियका गुनासो रहेको छ ।

गाउँमानै रहेको स्वास्थ्य चौकिमा कर्मचारी भए पनि औषधी र उपचारका सामाग्रि नहुँदा डोके र स्टेचरमा विरामि बोकेर दुईदिन सम्म लगाएर ताप्लेजुङ र पाँचथरका अस्पतालमा लैजानु पर्दा उपचार अभावमा धेरैले बाटोमानै ज्यान गुमाउनु परेको छ । विरामि लिएर हिड्न् बोट समेत साँघुरो र भिर भएकाले जोखिम अझै बढेको स्थानिय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?