Comments Add Comment

आजदेखि ३४ करोडको वैदेशिक रोजगार बचतपत्र

Nrb-810२३ जेठ, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै सरकारले आजदेखि झन्डै ३४ करोड रुपैयाँ बराबरको बचतपत्र निष्काशन गरेको छ । वाषिर्क ९ प्रतिशतका दरले ब्याज दिनेगरी राष्ट्र बैंकले ३३ करोड ७९ लाख १५ हजार रुपैयाँ बराबरको बचतपत्र आइतबारदेखि निष्कासन गरेको हो ।

राष्ट्र बैंकका अनुसार यो बचतपत्र विदेशमा रोजगारीमा रहेका व्यक्तिको बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीले असार २४ गतेसम्म किन्न पाउनेछन् ।

मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले किन्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

यो बचतपत्र गरिएको लगानीको सावाँ २०७८ मा फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ । तर, व्याज भ ने हरेक ६ महिनामा भुक्तानी गरिनेछ । बचतपत्र खरिदकर्ताले आफुले चाहेको समयमा यो बचतपत्र बिक्री गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।  यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण समेत लिन सकिने छ ।

राष्ट्र बैंकका अनुसार बचतपत्रमा कम्तीमा ५ हजार रूपैयाँ बढीमा पाँच हजारले भाग गर्दा निषेश भाग जानेगरी निष्काशन हुने रकमसम्म लगानी गर्न पाइने छ ।

कहाँ पाइन्छ फारम ?

बचतपत्रको फारम आईएमई मनी ट्रान्सफर, प्रभु मनी ट्रान्सफर, प्रभु बैंक, सिटी एक्सप्रेस मनी ट्रान्सफर, सेञ्चुरी कमर्सियल बैंक, सनराइज बैंक, सेवा रेमिट र सानिमा बैंकमार्फत किन्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

बचतपत्र किन्ने व्यक्तिले राहदानी, आफु कार्यरत रहेको मुलुकको भिसा, कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र र दुई प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्छ । भारतमा रोजगारीमा रहेका नेपालीका लागि भने राहदानी र भिसा आवश्यक बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment