२३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल भएको छ ।
ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । भेटमा एमाले र तत्कालीन एमाओवादीबीच भएको भनिएको ‘भद्र सहमति’ र राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
एमाओवादीले ‘भद्र सहमति’का आधारमा ओलीले राष्ट्रिय सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिनुपर्ने बताउँदै आएको छ । एमालेकै वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल लगायतले पनि राष्ट्रिय सहमतिको सरकार गठनका लागि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई दबाव दिँदै आएका छन् । तर, ओलीले सत्ता हस्तान्तरणबारे कुनै पनि सहमति नभएको बताउँदै आएका छन् ।
ओली र प्रचण्डबीचको भेटमा सरकारका काम कारवाहीका विषयमा पनि छलफल भएको बताइएको छ ।
प्रतिक्रिया 4