+
+

वन तरुल खन्दा ढुंगाले किचेर रामेछापमा महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २४ गते ८:००

२४ जेठ, रामेछाप । रामेछापको पि्रती गाविसमा वन तरुल खन्दा माथीबाट खसेको ढुङ्गाले किचेर एक महिलाको मृत्यु भएको छ ।

आइतबार साँझ वन तरुल खन्ने क्रममा प्रिती गाविस ९ की ४२ वषिर्या देवकुमारी कार्कीको टाउँकोमा माथिबाट खसेको ढुंगाले लागेको थियो ।

दिउँसो खानेपानीको ट्याङ्की निर्माणको काम गरेर घर र्फकने क्रममा बाटोमा पर्ने देवीथानको जंगलमा वन तरुल खन्ने क्रममा उनलाई माथिबाट झरेको ढुङ्गाले किचेको थियो ।

राति अवेरसम्म पनि घर नफर्किएपछि खोजीगर्न जाँदा उनलाई मृतअवस्थामा भेटिएको स्थानीय मानबहादुर खत्रीले बताए । घटनास्थलमा उनले खनेको वन तरुल समेत फेला परेको उनले जानकारी दिए । उनको शवलाई राति घटनास्थलबाट निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?