Comments Add Comment

नेपाल भारतीय आतंकवादी समूहको हब बनेको अमेरिकी दाबी

२४ जेठ, काठमाडौं । अमेरिकाले नेपाल आतंकवादी समूह इण्डियन मुजाहिद्दीनको सबैभन्दा ठूलो ‘हब’ बनेको दाबी गरेको छ ।

us-state-departmentअमेरिकी विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको विश्वभरको आतंकवादी सम्वन्धी २०१५ को रिपोर्टमा इण्डियन मुजाहिद्दीनको सम्वन्ध लस्कर-ए-तइबा, जैस ए मोहम्मद र हर्कत उल जिहाजसँग रहेको बताएको छ ।

अमेरिकी रिपोर्टमा भनिएको छ, ‘इण्डियन मुजाहिद्दीनले आफ्नो क्षेत्र नेपालसम्म विस्तार गरेको छ र यो उसका लागि सबैभन्दा ठूलो हब बनेको छ ।’

यो समूहले भारतमा मुस्लिमहरुमाथि शोषण भएको भन्दै आतंकवादी क्रियाकलाप गर्दै आएको छ ।

भारतमा आधार बनाएको इण्डियन मुजाहिद्दिनले सन् २००५ देखि दजनौं बम आक्रमण गरेको छ र र, २०११ मा मुम्बईमा भएको श्रृखलाबद्ध बम विस्फोटको यो समूहले नै जिम्मेवारी लिएको थियो ।

इण्डियन मुजाहिद्दीनलाई अमेरिकाले १९ सेप्टेम्बर २०११ मा अन्तराष्ट्रिय आतंककारी समूहको सूचीमा राखेको छ । यो समूहका यासिम बत्काल नेपाल भारत सीमा क्षेत्रबाटै पक्राउ परेका थिए ।

अमेरिकी रिपोर्टमा नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाएको छ । नेपालका अधिकारीहरु आतंकवादी आक्रमणको जोखिम कम भएको धारणा राख्ने गरेको र आतंकवादी नियन्त्रणसम्वन्धी विशेष खालको कानुनको अभाव भएको उसले बताएको छ ।

तर, हुण्डी र हवालाको माध्यमबाट अतंककारीहरुसम्म पैसा पुग्ने खतरा रहेको अमेरिकाको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment