२४ जेठ, काठमाडौं । वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य स्थिति स्थिर तथा नाजुक रहेको चिकित्सकहरुले बताएका छन् ।

गुरुङको गत सोमबारदेखि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले गुरुङको अक्सिजन दिएर भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएका छन् ।
सोमबार दिउँसो गुरुङको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्दै डा. पाण्डेले भने, ‘उहाँको स्थिति नाजुक छ । हामीले जतिसक्दो उपचार गरिरहेका छौं ।’
उनका अनुसार रक्तचाप सन्तुलनमा राख्न गर्न औषधी दिइएको छ । रक्तस्रावका कारण फोक्सोमा रगत गएकाले श्वास प्रस्वासमा जटिल समस्या आएको भन्दै उनले भने, ‘कति मिनेट वा घन्टामा के हुन्छ भन्ने स्थिति छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4