Comments Add Comment

सञ्चारमन्त्री शेरधन राईलाई अख्तियारको ध्यानाकर्षण (पत्रसहित)

'दीपक पाठकलाई दिएको भुक्तानी फिर्ता गर्न निर्देश'

२५ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना तथा सञ्चारमन्त्री शेरधन राई र सञ्चार सचिव दिनेश थपलियाको ध्यानाकर्षण गराएको छ ।

प्रेस काउन्सिल नेपालमा सदस्यका रुपमा नियुक्ति पाएका दीपक पाठकलाई सरकारले दिएको ९ लाख ५३ हजार ५ सय रुपैयाँ कानूनसम्मत नदेखिएको भन्दै अख्तियारले ध्यानाकर्षण गराएको हो । पाठकलाई भुक्तानी गरिएको सो रकम फिर्ता गर्नसमेत अख्तियारले भनेको छ ।

Pathak-bare-akhtiyar

अख्तियारले सूचना तथा सञ्चार मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ- ‘५ वर्षको लोक कल्याणकारी विज्ञापन वापतको रकम मार्गदर्शन पत्रिकालाई रु ९,५३,५००।- भुक्तानी गरेको देखिँदा ३ वर्षको रकम प्रचलित कानून र स्वीकृत मापदण्ड विपरीत वर्गीकरणमै नपरेको अवधिको रहेकाले कानूनसम्मत देखिएन ।’

त्यसैगरी प्रेस काउन्सिलमा पाठकको नियुक्ति पनि आयोगको निर्णयसम्मत नदेखिएको आयोगका उपसचिव षडानन्द गुरुङले लेखेको पत्रमा उल्लेख छ ।

 

Patjak
दीपक पाठकको नियुक्ति सम्बन्धि माइन्युट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment