Comments Add Comment

ताप्लेजुङमा एक व्यक्ति घर भित्रै मृत भेटिए, हत्याको आशंका

२५ जेठ, ताप्लेजुङ । ताप्लेजुङको फुरुम्बु गाविसमा एक व्यक्तिको शव फेला परेको छ । फुरुम्बु-१ निवासी ४२ वर्षीय लालबहादुर खड्का घरमा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले खड्काको हत्या भएको आशंकामा अनुसन्धान सुरु गरेको छ ।

Taplejung-Policeताप्लेजुङ नगरपालिका-७ बुद्ध चोकमा परिवारसँगै डेरामा बस्दै आएका खड्का अलैची गोडमेल गर्न सोमबार फुरुम्बुस्थित आफ्नो घर गएका थिए । राति करीब ११ बजे सदरमुकाममा रहेका परिवारसँग टेलिफोन सम्पर्कमा रहेका उनी मंगलबार मृत फेला परेको प्रहरीको भनाई छ ।

उनको घाँटी र शरिरका विभिन्न भागमा छुरा हानेको घाउ छ । घरको ढोका भित्रबाट चुकुल लगाएको र झ्याल खोलिएको छ । कसैले छुरा प्रहार गरी हत्या गरेर झ्यालबाट भागेको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ ।

विहान अबेरसम्म पनि खड्का नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फोडेर हेर्दा खड्का मृत फेला परेको स्थानीयको भनाई छ । घटनास्थल सदरमुकामबाट करीब पाँच घण्टा पैदल दुरीमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment