२५ जेठ काठमाडौँ । बरिष्ठ संगीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।
राष्ट्रिय गानका संगीतकार गुरुङको मंगलबार विहान उपचारका क्रममा निधन भएको थियो । उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञा भवनमा राखिएको थियो ।
त्यहाँ नेपाली सेनाले सम्मान गारथ अर्पण गरेको थियो भने सरकारी प्रतिनिधिले नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको थियो ।
अपराहृन ३ बजेपछि शवयात्रा सुरु भएको थियो ।
गुरुङको विदाइमा हजारौं सहभागी भएका थिए ।