२६ जेठ, काठमाडौं । चामल खपत बढ्दै गर्दा नेपाल लगायत विश्वका विभिन्न मुलुकमा ‘भाते संस्कृति’ मौलाउँदै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ)ले सार्वजनिक गरेको ‘फुड आउटलुक २०१६’ ले विश्वमा चामलको उपभोग बढ्दै जाँदा मौज्दात घट्दै गरेको निष्कर्ष निकालेको आजको कारोबार दैनिकमा समाचार छ ।
आर्थिक वर्ष २०१५/१६ मा विश्वभर कुल २ अर्ब ५२ करोड ७७ लाख टन खाद्यान्न उत्पादन भएको संशोधित अनुमान छ ।
त्यस्तै, गत वरष २ अर्ब ५२ करोड २९ लाख टन उपभोग भएको तथ्यांक छ । तर, चामलको उपभोग भने बर्सेनि बढ्दो छ ।
गत वर्ष विश्वभर ४९ करोड १ लाख टन चामल उत्पादन भएकोमा ४९ करोड ६४ लाख टन उपभोग भएको देखिन्छ ।
तथ्यांकअनुसार गत वर्ष विश्वभर उत्पादन र उपभोगबीच अन्तर रहेको ६३ लाख टनको पूर्ति भने मौज्दात चामलबाट भएको हो । वर्सेनि उत्पादनभन्दा उपभोग बढ्दै जाँदा मौज्दात घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ ।
नेपालमा मात्र होइन युरोप अमेरिकामा समेत चामलको उपभोग बढ्दै गएको छ । एफओले चालू आर्थिक वर्षमा विश्वभर चामलको उत्पादन र उपभोग दुवै बृद्धिहुने प्रक्षेपण गरेको छ ।
प्रतिक्रिया 4