Comments Add Comment

‘लप्पन-छप्पन’मा बर्षाको यस्तो लुक, यूरोपपछि अब नेपालमा खिचिने

barsha siwakoti
गाेल्डेन हिल पिक्चर्सले चलचित्र ‘लप्पन छप्पन’को यूरोप छायांकन सकाएको छ । स्विजरल्याण्ड, नेदरल्याण्ड, बेल्जियममा छायांकन गरिएको यो चलचित्रमा नेपालका चर्चित कलाकारहरुको अभिनय छ ।

यो चलचित्रमा हलिउडका कलाकार ओलिभर ब्लुर्कको पनि अभिनय छ । साथमा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी, श्याम श्रेष्ठ, देवु श्रेष्ठ, शिव खरेल, प्रकाशजंग शाह, सुन्दर श्रेष्ठ, शान्ती भट्ट लगायतका कलाकारको अभिनय छ ।

५० प्रतिशत छायांकन यूरोपमा गरिएको यो चलचित्रको बाँकी छायांकन नेपालमा हुनेछ । चलचित्रमा मुकुन्द भट्टको लेखन तथा निर्देशन छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा चन्द्र पन्तको एक्सन, सुरेन्द्र पौडेलको सम्पादन, दीपक आरजेको संगीत छ । डम्बर बहादुर चन्द निर्माता रहेको चलचित्रमा इन्द्रप्रसाद खरेल सह-निर्माता, सहदेव गौतम कार्यकारी निर्माता एवं सानुका कँडेल प्रस्तुतकर्ता छन् । एक्सन थ्रिलर कथामा यो चलचित्र बनाइएको निर्देशकको भनाई छ ।

चलचित्रकी नायिका बर्षा सिवाकोटीको लुक पनि सार्वजनिक भएको छ । ‘पशुपति प्रसाद’मा छोटो भूमिका गरेकी यी नायिका अहिले केही चलचित्रमा व्यस्त छिन् । निर्माणपक्षले यूरोपमा छायांकन हुँदाका केही तस्बिर पनि उपलब्ध गराएको छ । lappan chappan shooting 1 lappan chappan shooting

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment