Comments Add Comment

बिहेबाट बच्न तन्नेरीहरुको फेसबुके अड्डा

indonesia_memes_against_marriageउमेर परिपक्व नहुँदै घरपरिवार तथा समाजले बिहेका लागि दिने गरेको दबाब विरुद्ध युवाहरुले फेसबुकमा अड्डा जमाएका छन् ।

इण्डोनेसियाको समाचार हो यो । सानै उमेरमा बिहे गर्न दबाब दिने परम्परालाई चुनौति दिँदै इण्डोनेसियाली युवाहरुको एक समूहले अविवाहित जिवन अर्थात् सिंगलहुडलाई बढावा दिनका लागि सोसल मिडिया फेसबुकको सहारा लिएको छ ।
उनीहरुले जकार्ता लोन्ली काउन्सिल नामक एक फेसबुक पेज खोलेका छन् । जुन अविवाहित युवकहरुका लागि एउटा मनपर्ने प्लेटर्फम बनेको छ ।

उक्त ग्रुपको सबैभन्दा लोकप्रिय फेसबुक पेज तिनै हुन्छन् जसमा कुनै चर्चित मानिसका भनाईहरुलाई तोडमोड गरेर अविवाहित रहँदा, एक्लो हुँदाका भावनाका रुपमा प्रकट गरिन्छ ।

त्यसमध्ये स्टालिनलाई कोट गरेर बनाइएको एक पोष्टमा भनिएको छः शनिवारको रातमा डेटिंग जान बाध्य हुनु भएको एक बुर्जुवा अपराध हो ।

एक अर्को पोष्टमा प्रणय दिवस अर्थात् फेब्रुअरी १४ लाई सिंगल प्राइड डे घोषित गर्दै भनिएको छ, म सिंगल छु र गर्व गर्छु ।
युवाहरुले इण्डोनेसिायका प्रथम राष्ट्रपति सुकार्नो, कम्युनिष्ट नेता स्टालिन, प|mीडिक स्किलर, अनुन्ता तुर, जोन एफ केनेडी लगायत विश्वका धेरै चर्चित मानिसहरुका भनाइलाई तोडफोड गरेर अविवाहित युवाहरुलाई समर्थन गर्ने खाले कथनहरुमा ढाल्ने र आफ्नो पेजमा राख्ने गरेका छन् ।

indonesia_memes_against_marriage2स्टालिनको वास्तविक भनाई, एक्लो मृत्यु दुखद हुन्छ र दशौँ लाख मृत्यु तथ्यांक बन्दछ भन्ने कुरालाई तोडमोड गरेर भनिएको छः एकपटक अस्विकृत हुनु दुखद हुन्छ तर दशलाख पटक अस्विकृत हुनु भनेको केवल तथ्यांक मात्र बन्दछ । विभिन्न कम्पनीका चर्चित लोगोहरुलाई पनि तोडफोड गर्ने गरिएको छ । जस्तै पिज्जा हटलाई पिज्जा हार्ट बनाइउको छ । उक्त फेसबुक ग्रुपका सदस्यहरु विभिनन पेशा व्यवसायमा संलग्न छन् । कोही अनुसन्धाता छन् भने कोही लेखक त कोही शिक्षक ।

उनीहरुले आफ्ना फेसबुक पोष्टहरुमार्फत दुनियालाई के बुझाउन खोजेका छन् भने एक्लै रहनु वा अविवाहित हुनु व्यक्तिको निजी छनोट हो । यसमा केही गल्ती हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment