+
+
Shares

युरो कपका लागि रोनाल्डो तयार

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २६ गते २०:५९

Cristiano-Ronaldo

२६ जेठ, काठमाडौं । क्रिष्टियानो रोनाल्डो युरो कपका लागि पूर्ण रुपमा फिट रहेको पोर्चुगलका प्रशिक्षक फर्नान्डो सन्तोषले बताएका छन् ।

पोर्चुगलले यो पटक फ्रान्समा युरो कपको उपाधि जित्ने लक्ष्य लिएको छ र, यो लक्ष्य हासिल गर्न उसको मूख्य हतियार रोनाल्डो नै हो ।

युरो कपको पूर्व संध्यामा पोर्चुगलले स्टोनियासँग मैत्रिपूर्ण खेल खेल्दैछ । र, यो खेलमा रोनाल्डो पनि खेल्नेछन् । यसअघिको खेल उनले गुमाएका थिए ।

स्पेनिस पत्रिका मार्कासँगको कुराकानीमा पोर्चुगलका प्रशिक्षक सान्तोषले भने, उनी मानसिक र शारीरिक रुपमा तयार छन् । उनी अरु खेलाडी जस्तै छन् ।’

यो सिजन रियल मडि्रडलाई च्याम्पियन्स लिग जिताएका रोनाल्डो आइतबार नेशनल टिममा आपद्ध भएका हुन् । क्लबका लागि ४८ खेलमा ५१ गोल गरे ।

तर, युरो कपमा भने उनको प्रदर्शन कस्तो हुन्छ भनेर धेरैले हेर्न चाहेका छन् । किनकी दुई वर्ष अघि पोर्चुगल विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?