Comments Add Comment

महानगर र उपमहानगरमा घरजग्गा रजिस्ट्रेसन दस्तुर बढ्यो

२७ जेठ, काठमाडौं । सरकारले महानगरपालिका उपमहानगरपालिका, नगरपालिका र गाविसालई वर्गीकरण गरेरमहानगर र उपमहानगरको घरजग्गा रजिष्ट्रेसन दस्तुर बढाएको छ ।

plottingयसअघि नगरपालिका र गाविस छुट्याएर रजिष्ट्रेसन दस्तुर अठाइँदै आएको आजको कारोबार दैनिकमा समाचार छ ।

अबदेखि महानगरपालिकाभित्र राजिनामा, सट्टापट्टा र सगोलनामको लिखतको थैली अंकमा ५ प्रतिशत र उपमहानगरपालिकामा ४.५ प्रतिशत दस्तुर तिर्नुपर्ने छ ।

नगरपालिकामा भने पुरानै व्यवस्थाअनुसार ४ प्रतिशत तथा गाविसमा २ प्रतिशत दस्तुर बुझाउनुपर्नेछ ।

मुलुकभर एउटा महानगरपालिका र १२ वटा उपमहानगरपालिका छन् । त्यस्तै ३१ सय ५७ वटा गाविस छन् । यसअघि नगरपालिका र गाविसको एक लाख रुपैयाँसम्मको थैली अंकमा क्रमशः दुई प्रतिशत र एक प्रतिशत रजिष्ट्रेसन दस्तुर लिने व्यवस्थालाई आर्थिक विधयेकले हटाएको छ ।

त्यस्तै यसअघि गाविस र नगरपालिका सामूहिक आवास योजनाअन्तर्गत निर्मित भवन आवास एकाइको लिखतको थैली अंकमा ४ प्रतिशत दस्तुर लिइने गरेकोमा यो दस्तुर अव महानगरपालिकामा सीमित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment