Comments Add Comment

दलित लक्षित ‘जनता आवास’ कार्यक्रम सञ्चालन

२७ जेठ , जुम्ला। दलित समुदायलाई लक्षित गर्दै कर्णालीका तीन जिल्लामा ‘जनता आवास’ कार्यक्रम सञ्चालन गरिएको छ ।

jumlaचालु आवमा कर्णालीको हुम्ला, जुम्ला र कालीकोट जिल्लामा यो कार्यक्रम लागू गरिएको हो ।

कर्णालीका अति विपन्न दलित घर परिवारलाई लक्षित गरेर यो कार्यक्रम सञ्चालन गरिएको सहरी विकास, भवन निर्माण विभाग डिभिजन कार्यालय जुम्लाका सव इन्जिनियर चन्द्रबहादुर खड्काले जानकारी दिए ।

यो कार्यक्रमअन्तर्गत प्रतिजिल्ला १० घरको दरले यो वर्ष ३० वटा घर निर्माण गरिने छ ।

हुम्ला र कालीकोट जिल्लामा भवन निमार्णको काम थालनी भइसकेको छ, जुम्लामा भने यही असार महिनाभित्रै सुरु गर्ने तयारी भइरहेको उनले बताए । आवास निर्माणका लागि प्रतिभवन रु दुई लाख ६७ हजार अनुदान दिइने र बाँकी सबै काममा अनुदान प्राप्तवालाले नै श्रमदान गर्नुपर्ने डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिजिल्ला रु २६ लाख ७० हजारका दरले हुम्ला, कालीकोट र जुम्ला गरेर कुल ८० लाख १० हजार रकम विनियोजन गरिएको जनाइएको छ ।

सहरी विकास मन्त्रालयले तोकेको माननीय संसद् सदस्य संयोजक हुने जिल्ला समन्वय समितिले छनोट गरेको गाविसका दलित नागरिकको घर छनोट गरी आवास निर्माण गरिनेछ । जुम्लामा मन्त्रालयले संयोजक नतोकिएकाले कार्यक्रम सञ्चालन गर्न ढिलाइ भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment