Comments Add Comment

‘गाजलु’लाई कुमारी घरको स्वागत

gajalu-nepali-filmकाठमाडौं । ‘गाजलु’ फिल्मले उठाएको विषय र सामवेश गरिएको दृश्याप्रति कुमारी घरले समर्थन जनाएको छ । कुमारीका विषयमा फिल्मले केही भ्रम छोडेको भन्दै फिल्मका विषयमा विभिन्न टिका-टिप्पणी भएको थियो ।

कुमारी घरका पदाधीकारीले फिल्म हेरिसकेपछि चलचित्रले उठाएको कथावस्तु राम्रो लागेको प्रतिक्रिया पदाधिकारीले दिएकोे निर्माता रोहित अधिकारीले बताए ।

हेमराज बिसी निदेशित कुमारी शुक्रबारदेखि प्रदर्शन हुने भएको छ । अनमोल केसी, सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही लगायतका कलाकारले यसमा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment