Comments Add Comment

अष्ट्रेलियामा भद्रगोल , चार शहरमा हंगामा

bhadragoal

सिड्नी । अष्ट्रेलियामा उच्च अध्यन गर्न आउने नेपाली बिधार्थीहरूका लागि मात्र होइन कलाकारहरूको लागि पनि आर्कषणको मुलुक बनेको छ । बिदेशमा सर्वाधिक कार्यक्रम हुने र नेपाली चलचित्रहरू सर्वाधिक प्रर्दशन हुने देश अष्ट्रेलियामा कार्यक्रममा सहभागि हुन पाउनुलाई कलाकारहरू अबसरको रूपमा पनि लिने गर्दछन । तर, अष्ट्रेलियाको भिसा पाउन पनि त्यति सजिलो भने छैन ।

थुप्रै कलाकारहरूको भिसा रद्द भैरहेका बेला हांस्य सिरियल भद्रगोलको चार जनासहित हांस्य गायकले पनि बुधवार अष्ट्रेलियाको भिसा पाएका छन -‘ नेपालका चर्चित कलाकारहरूको भिसाको  हामीले काम गर्दै आएका छौं । एकै पटक पाँच जनाको भिसा लगाउन हामी सफल भयो -‘ ईपि माई ग्रेसनका खिलेन्द्र राज तिम्सीनाले जानकारी दिए । अष्ट्रेलियामा चलेका कलाकारहरू भित्र्याउने मामिलामा तिम्सीना अगाडि देखिएका छन् ।

हांस्य कार्यक्रम भद्रगोललाई अष्ट्रेलियाका बिभिन्न शहरहरूमा ल्याएर मनोरञ्जन प्रदान भने आर के एस अष्ट्रेलियाका रबिन्द्रकुमार शर्माले गर्न लागेका हुन । बाबा एजुकेशन प्रस्तुतकर्ता रहेको अअष्ट्रेलियामा भद्रगोल नामक यो कार्यक्रममा अर्जुन घिमिरे (पांडे) कुमार कट्टेल (जिग्री) सागर लम्साल (बले) र हरि निरौला (स्लो मसन) को साथमा नाई मलाई त्यै केटी चाहिन्छ बोलको गीतबाट चर्चामा आएका गायक प्रकाश पौडेलले बिभिन्न प्रस्तुती दिने छन्र ।

यसैबिच यो कार्यक्रमको माग अष्ट्रेलियाका अन्य शहरहरूमा पनि भएकाले कार्यक्रम झनै जम्ने ब्यबस्थापक प्रजापति शिवाकोटीले बताए । उनका अनुसार यो कार्यक्रमको मेलबर्न जून २६, बिजबेन जुलाई २, तस्मनिया जुलाई ६ र सिड्नीमा जुलाई ९ तारेखका दिन आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment