Comments Add Comment

एन्थोन ग्रिजमान

antoine-griezmannफिफा बरियाताको १७औं स्थानमा रहेको फ्रान्स युरोकपको उपाधि दावेदार टोली हो । यस्तोमा शुक्रबार राति पौने १ बजे राष्ट्रिय रंगशालामा हुने खेलमा घरेलु टोली पहिलो पटक यस प्रतियोगिता खेल्न लागेको अल्वानियामाथि हावी हुनसक्ने अनुमान गर्न सकिन्छ । अल्वानिया बरियातामा ४२औं स्थानमा छ ।

अल्वानियाबिरुद्ध हुने उदघाटन खेल आफू अनुकुल बनाउन फ्रान्सेली टोलीको प्रदर्शन धेरै हदसम्म एथ्लेटिको म्याड्रिडका स्ट्राइकर एन्थोन ग्रिजमानको प्रदर्शनमा निर्भर रहनेछ । २५ बर्षीय ‘लेफ्ट फुटेट’ स्ट्राइकर गि्रजमान अहिले करिअरकै उत्कृष्ट लयमा छन् ।

फ्रान्सबाहिर फुटबल खेलिरहेकाहरु मध्ये यसबर्षको उत्कृष्ट फ्रान्सेली खेलाडीको पुरस्कार पाएका उनी यस युरोकपमा फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पको मुख्य हतियार हुन सक्छन् । स्टार स्ट्राइकर करिम बेञ्जिमा टोलीमा नभएपछि अग्रपंक्तिको मुख्य जिम्मेबारी पनि ग्रिजमानकै काँधमा छ । उनलाई आर्सनलका ओलिभर जिरोड र म्यान्चेस्टर युनाइटेडका एन्थोनी मार्सलले पनि सघाउनेछन् ।

रियल सोसिडाडबाट सन् २०१४ मा एथ्लेटिको म्याड्रिड आएयता एन्थोन गि्रजमानको प्रदर्शनले युरोपेली फुटबल समर्थकहरु छुट्टै छाप छोड्न सफल भएको छ । एथ्लेटिको म्याड्रिडले भलै च्याम्पियन्स लिग र घरेलु ला लिगा जित्न सकेन । तर, उसले महारथी टोलीहरु रियल म्याडि्रड र बार्सिलोनालाई दबाव दिइरहृयो । दुई सिजनमा खेलेका ७५ खेलमा उनले ला लिगामा मात्रै ४४ गोल गरेका छन् भने समग्र दुई सिजनमा ५७ गोल गरेका छन् ।

स्पेनिस लिगमा उत्कृष्ट प्रदर्शनपछि सन् २०१४ मा उनी फ्रेन्च प्रशिक्षक डिडियर डेसच्याम्पको नजरमा परेका थिए । २०१४ फेब्रुअरीमा उनी फ्रान्सेली राष्ट्रिय टोलीमा बोलाइयो भने उनले मार्च ५ मा नेदरल्याण्ड्स बिरुद्धको मैत्रिपूर्ण खेलमा फ्रान्सको राष्ट्रिय टिमबाट डेब्यू गरे ।

ब्राजिल विश्वकप अघिको मैत्रिपूर्ण खेलमा पाराग्वेबिरुद्ध जुन १ मा भएको खेलमा उनले फ्रान्सका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् । एन्थोन गि्रजमानले अहिलेसम्म फ्रान्सेली टोलीबाट २७ खेलमा ७ गोल गरेका छन् ।

त्यसो त फ्रान्सेली युवा टोलीबाट पनि उनको प्रदर्शन उल्लेख्य थियो । २०१० देखि २०१२ सम्म खेलेका बिभिन्न उमेर समूहका खेलमा उनले ७ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment