Comments Add Comment

युरो कपको समूह बी: इंग्ल्याण्ड भर्सेज वेल्स

 

bale-vs-Wayne-Rooney

१५औं संस्करणको युरोकप अन्तर्गत समूह ‘बी’ मा यसपटक अनौठो समिकरण बनेको छ । समूहमा रहेका चार टोलीमा इंग्ल्याण्ड, वेल्स, रसिया र स्लोभाकिया छन् ।

ग्रेट बि्रटेन अन्तर्गतको वेल्स र पूर्व सोभियत संघ सदस्य स्लोभाकिया पहिलो पटक युरोकपमा छनौट भएका हुन् । समान्यतय अन्य खेलहरुमा ग्रेट ब्रिटेनको नामबाट सहभागिता जनाउँदा वेल्सको नाम इंग्ल्याण्डसँगै गाभिएर आउँछ । तर, यसपटक ग्रेट बि्रटेन अन्तर्गतका दुई टोलीहरु समूह चरणमै आमने सामने हुनेछन् ।

त्यस्तै समूह ‘बी’ मै रहेका रसिया र स्लोभाकिया पनि इतिहाँसमा एकै टोली थिए । सोभियत संघ रहुन्जेल स्लोभाकिया उसैमा गाभिएको थियो । सोधियत संघ टुक्रिएपछि छुट्टै राज्य बनेको स्लोभाकियाले समूह चरणमै रसिया प्रतिद्धन्दी पाएको छ ।

इंग्ल्याण्ड

England

आठ पटक युरोकपमा सहभागी भएपनि उपाधि जित्न नसकेको अभागी टोली हो इंग्ल्याण्ड । प्रतियोगिता अघि इंग्ल्याण्डलाई उपाधिको दावेदार टोलीको रुपमा हेरिन्छ । हुन पनि एक से एक स्टार खेलाडीहरुको जमघट भएर पनि इंग्ल्याण्डले फुटबलमा अन्तर्राष्ट्रिय उपाधि हासिल गर्न नसकेको बर्षौं भइसक्यो । सन् १९६६ मा इटालीमा भएको युरोकपमा तेस्रो स्थान हासिल गरेको इंग्ल्याण्डको सबैभन्दा ठूलो सफलता त्यही हो । २००८ मा भएको प्रतियोगितामा छनौट हुन असफल इंग्ल्याण्ड २०१२ मा क्वाटरफाइनल सम्म पुगेको थियो ।

फिफा बरियातामा ११औं स्थानमा रहेको इंग्ल्याण्डले फ्रान्स युरोमा आफ्नो पहिलो खेल शनिबार रसियासँग खेल्नेछ । इंग्लिस टोलीका अहिलेसम्मकै उच्च गोलकर्ता वायने रुनीको नेतृत्वमा इंग्ल्याण्डले युरोयात्रा तय गर्दैछ ।

छनौट चरणमा उत्कृष्ट नतिजाका साथमा युरोकपमा छनौट भएको इंग्ल्याण्ड उपाधिको प्रमुख दावेदारमध्येको एक हो । छनौट चरणमा समूह ‘इ’ मा रहेको इंग्ल्याण्ड समूह बिजेताको रुपमा युरोकप यात्रा तय गरेको हो । छनौट चरणमा शतप्रतिशत जीत हासिल गरेको इंग्ल्याण्डले २८ गोल गर्दा मात्र ३ गोल खाएको छ ।

यसपटक इंग्ल्याण्डको अग्रपंक्ति सुदृढ छ । वायन रुनीका अलावा पि्रमियर लिगका यस सिजनका उच्च गोलकर्ता टोटनहृयामका हृयारी केन, लिग बिजेता लिसेस्टरका जेमी भर्डी, म्यानचेस्टर युनाइटेडका मार्कोस रासफोर्ड र लिभरपुलका ड्यानियल स्टुरिजले यसपटक इंग्ल्याण्डको अग्रपंक्ति सम्हाल्नेछन् ।

रक्षापंक्तिमा ग्यारी केहिल र क्रिस स्मलिङको भुमिका अहम् हुन सक्छ । म्यान्चेस्टर सिटीका गोलरक्षक जोय हार्टले इंग्ल्याण्डको गोल पोष्ट संहाल्नेछन् । छनौट चरणमा उनले मात्र तीन गोल खाएका थिए । उनी उत्कृष्ट लयमा देखिएका छन् ।

रसिया

Russia
फिफा बरियातामा २९औं स्थानमा रहेको रसियापनि युरोकपमा सहभागीमध्ये औषत टोलीको रुपमा लिइन्छ । १९९० मा सोभियत संघ टुक्रिएपछि ४ पटक युरोकपमा सहभागी भएको रसिया २००८ को प्रतियोगितामा सेमिफाइनलसम्म पुगेको थियो ।

छनौट चरणमा समूह ‘जी’ बाट उपबिजेताको रुपमा छनौट भएको रसियाको रसियाको प्रदर्शन सन्तोसजनक रहेन । यस समूहमा अष्ट्रिय बिजेताको रुपमा छनौट भएको थियो भने तेस्रो भएको स्वीडेनले प्लेअफ मार्फत फ्रान्स यात्रा तय गरेको हो ।

भेट्रान स्ट्राइकर अलेजेन्दार कार्जाकोभबिना रसियाली टोलीको अग्रपंक्तिको जिम्मेबारी यसपटक जेनिथ स्ट्राइकर अर्तयो ज्युवाको काँधमा आएको छ । छनौट चरणमा २७ बर्षीय ज्युवाले समूह जी बाट सबैभन्दा धेरै ८ गोल गरेका थिए ।

स्लोभाकिया
Slovakia

१९९० मा सोभियत संघ छुट्टिएपछि स्थापना भएको राज्य स्लोभाकिया युरोकपको नयाँ टोली हो । स्लोभाकिया युरोकपमा २४ टोली सहभागी हुने निर्णय युइएफएले गरेपछि छनौट हुन सफल भएको भाग्यमानी टोली हो ।

छनौट चरणमा समूह सी अन्तर्गत रहेर साबिक बिजेता स्पेनलाई हराएर सनसनी मच्चाएको स्लोभाकियाले उपबिजेताको रुपमा फ्रान्स यात्रा तय गरेको हो । छनौट चरण अन्तर्गतको खेलमा स्पेन फिफा बरियातामा २४औं स्थानमा रहेको स्लोभाकियासँग अप्रत्यासित रुपमा २-१ गोल अन्तरले पराजित भएको थियो ।

स्लोभाकिया यस युरोकपमा लिभरपुलका डिफेण्डर मार्टिन स्कर्टेलको नेतृत्वमा फ्रान्स यात्रा गर्दैछ । उनी टोलीका अनुभवीमध्येका एक हुन् । स्लोभाकियाका लागि ८१ ख्ेल खेलेका उनले ५ गोल गरेका छन् । स्लोभाकियाको प्रदर्शन धेरै हदसम्म उनमै निर्भर रहनेछ ।

वेल्स
Wales

युरोकपको अर्को नयाँ टोली हो ग्रेट बि्रटेन अन्तर्गतको वेल्स । रियल म्याडि्रडका स्टार ग्यारेथ बेलको प्रेरणामा वेल्सले यसपटक युरोकपमा पहिलो पटक छनौट हुने अवसर पायो । वेल्स छनौट चरणमा समूह बी को बिजेताको रुपमा प्रतियोगिताको लागि छनौट भएको हो ।

छनौट चरणमा बेल्जियमलाई हराएर सनसनी मच्चाएको वेल्सले समग्रमा उसलाई उछिन्न भने सकेन । वेल्स फिफा बरियातामा २६औं स्थानमा छ ।

छनौट चरणमा आफ्नो समूहका सर्बाधिक ७ गोल गरेका ग्यारेथ बेलकै प्रर्दर्शनमा वेल्सको भविश्य निर्भर रहनेछ । उनका अलावा आर्सनलका एरोन राम्सेको पनि भुमिका अहम् हुनेछ । छनौट हुन उनले पनि २ गोलको योगदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment