Comments Add Comment

ताप्लेजुङका अधिकांश क्षेत्र पहिरोको उच्च जोखिममा

एक बर्षअघि गएको पहिरोबाट बिस्थापितहरु अझै घर फर्कन सकेनन्

Taplejung-pahiro
एक वर्ष अघि गएको खोक्लिङको पहिरो ।

२७ जेठ, ताप्लेजुङ । ताप्लेजुङमा ६९ जनाको ज्यान जाने गरी पहिरो गएको आज एक वर्ष पूरा भएको छ । पहिरो गएको एक वर्ष बितिसक्दा समेत पहिरोबाट बिस्थापित परिवारलाई पुनर्स्थापना गरिएको छैन ।

यो अबधिमा मृतक परीवारले किरिया खर्च वापतको चालीस हजार रुपैयाँ बाहेक सरकारका तर्फबाट कुनै सहयोग पाएका छैनन् । पहिरो गएपछि देश विदेशका सामाजिक संघ संस्थाले खाध्यन्न, लत्ताकपडा लगायतका दैनिक उपभोग्य बस्तुहरु वितरण गरे पनि मुख्य जिम्मेवार सरकारले पहिरो प्रभावित क्षेत्रका स्थानीय र विथापितलाई सुरक्षित स्थानमा सारेको छैन ।

पहिरोबाट विस्थापित परिवारले जिल्लाका सांसद तथा नेता साथै प्रशासन मार्फत सरकारलाई भूकम्पपीडित सरहको सुविधा दिन माग गरे पनि अहिले सम्म सरकारले दिने नदिने कुनै निर्णय नगरेको पीडित कर्ण फेम्सोहाङ लिम्बूले बताए ।

सरकारले सार्वजनिक गरेको बजेटमा पहिरो प्रभावित क्षेत्रका लागि बिशेष योजना ल्याउने बताए पनि त्यो योजना के हो भन्ने अहिले सम्म पीडितलाई नै प्रष्ट नपारिउको र कार्यन्वयन हुनेमा पनि आशंंकका रहेको लिबाङ २ का अर्का पीडित तिलविक्रम तिवारी बताउँछन् ।

पहिरोले ठुलो क्षति पुर्‍याएको जिल्लाको पश्चिमी लिवाङ, खोक्लिङ, थिङ्लाबु गाविसका पहिरो प्रभावित परिवार अहिले पनि जोखिममा रहेका छन् । पहिरो क्षेत्रमानै घर भएका केहि पारिवार दिनभर घरमा गएर काम गरे पनि साँझ सुरक्षित स्थानमा रहेको छिमेकिकोमा गएर बस्दै आएका छन् ।

यी गाविसका दुई दर्जन बढि परिवार अझै पनि खोक्लिङ र खाम्लुङ गाविसका घरमा भाडा लिएर त कोहि पाल टाँगेर बसीरहेको स्थानीय शिक्षक गोपी अधिकारीले बताए ।

पहिरो गएको खाम्लुङ, लिवाङ, सान्थाक्रा, खोक्लिङ, थिङ्लाबु र सान्थाक्रा गाविसमा अहिले पनि वषर्ा हुनसाथ पहिले चर्किएको र पहिरो झरेको स्थानमा पहिरो खस्ने गरेको अधिकारीको भनाइ छ । ती गाविस अहिले पनि पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रसासन कार्यालय ताप्लेजुङको तथ्याङ अनुसार २ सय वढि परीवार पहिरोको उच्च जोखिममा छन् ।

जिल्लाका अधिकांश क्षेत्र पहिरोको जोखिममा

एक वर्ष अघि जिल्लाको पश्चिमि क्षेत्रका आधादर्जन गाविसमा पहिरो गएर धेरैले ज्यान गुमाए । पहिरो गएपछि यो क्षेत्रलाई पहिरोको जोखिम पुर्ण क्षेत्र भनेर चर्चा चले पनि एक अध्यायनले ताप्लेजुङ जिल्लाका अधिकांश भूभाग पहिरोको उच्च जोखिममा रहेको देखाएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठन नास्टले गरेको अध्ययन अनुसार ताप्लेजुङ जिल्लाको ६० प्रतिशत बढि भूभाग पहिरोको जोखिममा रहेको पाइएको हो । नास्टका अध्ययनकर्ता दीपक पौडेलका अनुसार २४ घण्टामा एक सय ४० मिलिमिटर वषर्ा भएमा जिल्लाको अधिकाँस स्थानमा पहिरो जाने सम्भावना बढी रहेको छ । ताप्लेजुङमा न्युनतम् ४५ र अधिकतम् एक सय ४२ मिलिमिटर सम्म वषर्ा हुने पाइएकाले जिल्ला पहिरोको दृष्टिकोणमा जोखिमयुक्त देखिएको छ ।

अध्ययनले पहिरोको उच्च जोखिम हुँदाहुँदै पनि ८० प्रतिशत स्थानीय बासिन्दा अन्यत्र जानलाई सुरक्षित ठाउँ नभएका कारण त्यही बस्दै आएको पनि देखाएको छ ।

यस अघि जिल्ला भू-संरक्षण कार्यालय ताप्लेजुङ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले गरेको अध्ययनले पनि जिल्लाको एक नगरपालिकासहित ४८ गाविसमध्ये नगरपालिका र २३ वटा गाविस पहिरोको उच्च जोखिममा रहेको देखाएको थियो ।

अध्ययन प्रतिवेदन अनुसार ताप्लेजुङ नगरपालिकासहित याम्फुदिन, मामाफ्े, सुरुम्खिम, कालीखोला, आंखोप, मेहेले, सिनाम, थुम्बेदिन, चाक्सिबोटे, नाफ्ोल्याङ, हाङ्देवालगायत गाविस पहिरोको उच्च जोखिममा छन् । यस्तै सावादिन, खोक्लिङ, लिबाङ, साँबा, फुरुम्बु, लिफ्मि, ओलाङ्चुङगोला, लेलेप, तापेथोक, इखाबु, फूलबारी र निघुरादिन गाविस पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।

अधिकांश जमिन भिरालो तथा कमजोर भौगोलिक बनावट, जमिनको सही उपयोग नहुनु, वनजङ्गलको बिनास, अव्यवस्थित बसोबास र पर्याप्त भौगोलिक अध्ययन बिना जथाभावि सडक निर्माण गरिनुले धेरै गाविस पहिरोको जोखिममा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment