Comments Add Comment

प्रियंका, केकी, नम्रता, नीता र रीस्ता उत्कृष्ट नायिका(पूर्ण सूचिसहित)

bhuwan kc award
नेपाल चलचित्र कलाकार संघले यहि असार १८ गते आयोजना गर्ने अवार्डका लागि विभिन्न २४ विधाका नोमिनेशन सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको नोमिनेशनमा ‘प्रेमगीत, क्लासिक, वडा नम्बर ६’ लगायतका चलचित्र हाबी छन् । ‘फान अवार्ड २०७२’ नाम दिएर अवार्ड आयोजना गर्न लागिएको हो । गत बर्षभरि प्रदर्शनमा आएका चलचित्रबाट मनोनयन सार्वजनिक गरिएको हो ।

कलाकार संघले पहिलो पटक अवार्ड आयोजना गर्न लागेको हो । सूचना तथा संचार मन्त्रालयका सचिव दिनेश थपलियाले पानसामा दियो बालेर कार्यक्रमको उद्घाटन गरे । उनले आफू सधै नै चलचित्र क्षेत्रसँग रहेको बताए ।
laxmi giri nomination
कलाकार संघले गर्ने भएकाले कलाकारहरुको विधा बढी छ । उत्कृष्ट चलचित्रमा ‘कबड्डी कबड्डी, क्लासिक, पशुपति प्रसाद, प्रेमगीत र ड्रिम्स’ परेका छन् । यस्तै, उत्कृष्ट नायकको विधामा दयाहाङ राई(कबड्डी कबड्डी), खगेन्द्र लामिछाने(पशुपति प्रसाद), प्रदिप खड्का(प्रेमगीत), आर्यन सिग्देल(क्लासिक) र सौगात मल्ल(फन्को)बाट परेका छन् ।

उत्कृष्ट नायिकाको विधामा भने रिश्ता बस्नेत(रिफ्यूजी), केकी अधिकारी(भाग् सानी भाग), निता ढुंगाना(फूलै फूलको मौसम तिमीलाई), नम्रता श्रेष्ठ(क्लासिक) र प्रियंका कार्की(फन्को) चलचित्रबाट नोमिनेशनमा छन् ।

यी बाहेक अन्य विभिन्न विधामा पर्न सफल चलचित्रकर्मी र चलचित्रको नाम यसप्रकार छः nomination list

nomination list 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment