Comments Add Comment

भ्लाड चिरिसेज

vlad-chiriches

शनिबार राति पौने १ बजे युरोकप फुटबलको १५औं संस्करण औपचारिक सुरुवात हुँदैछ । आयोजक फ्रान्स र रोमानिया युरो-२०१६ को पहिलो खेलमा आमने सामने हुँदैछन् ।

तुलनात्मक रुपमा बलियो टोली फ्रान्सबिरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजना रोमानियाले बुनिरहेको छ भने उसको रक्षापंक्ति निक्कै शसक्त हुन आवश्यक छ । किनभने फ्रान्सेली स्ट्राइकरहरु यसपटक अलि आक्रामक बन्न सक्छन्, किनभने उनीहरुलाई घरेलु मैदान र समर्थकको साथ छ ।

तर, फ्रान्सेली स्ट्राइकरका लागि रोमानियाली डिफेण्डर भ्लाड चिरिसेज टाउको दुखाई बन्न सक्छन् । २६ बर्षीय चिरिचेजले ४० क्याप जितेका छन् भने उनलाई टोलीको कप्तान पनि बनाइएको छ ।

रक्षापंक्तिमा उनको प्रदर्शन निक्कै उत्कृष्ट रहने गरेको छ । इटालीयन क्लब नापोलीका डिफेण्डर चिरिसेज कर्नरमा हेडमार्फत गोल गर्नपनि माहिर मानिन्छन् । प्रतियोगिताको छनौट चरणमा उनको प्रदर्शन प्रेरणादायी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment