+
+
Shares

युरो कप मास्कटको नाम सेक्स टोयसँग मिलेपछि …

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २८ गते १६:३९

Super-Victor

कडा सुरक्षाका बीच फुटबलको कुम्भमेला युरोकप २०१६ आज शुक्रबार रातिबाट फ्रान्समा सुरु हुँदैछ ।

उद्घाटन खेलमा घरेलु टोली फ्रान्स र रोमानिया भिड्दैछन् । तर, युरो कपको प्रतिकका रुपमा सार्वजनिक गरिएको मास्कटलाई लिएर लाजमर्दो अवस्था सृजना भएको छ ।

आयोजकले युरोकपका लागि फुटबल बल बोकेको केटाको मास्टक सार्वजजिक गरेको छ । र, यसको नाम सुपर भिक्टर राखिएको छ । तर, यो नाम चर्चित सेक्स टोयसँग मिलेको छ ।

आयोजक युनियन अफ युरोपियन फुटबल एशोसिएनले युरो कपको मार्केटिङकालाई यो मास्कट बनाएको थियो । तर, सर्च गर्दा सुपर भिक्टर नाम सेक्स टोयको पनि भेटिएको छ ।

यूईएफएले बल, म्याजिक क्याप र बुटको बलमा सानो केटाले हात पारेको सफलता झल्काउन यो नाम राखिएको बताएको छ । एक अधिकारीले भने, ‘त्यो (सेक्स टोय) हाम्रो उत्पादन होइन भन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?