+
+
Shares

रविन श्रेष्ठः म त भर्डीको फ्यान, इंग्ल्याण्ड जिन्दावाद

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २८ गते १६:५६

Rabin-shrestha

आधुनिक फुटबलको केन्द्र युरोप यतिबेला फुटबलमय छ । नहोस पनि किन विश्वकप पछिको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फ्रान्समा जो हुँदैछ । युरोप मात्र होइन विश्वभरका फुटबल समर्थकहरु फ्रान्समा आजैदेखि सुरु हुने युरोकपको व्यग्र प्रतीक्षामा छन् ।

फ्रान्सका ९ शहरमा एक महिनासम्म चल्ने यस प्रतियोगितामा ५१ खेलहरु हुनेछन् । विश्वभरका समर्थकहरु रंगशालामै पुगेर खेल हेर्न नसकेपनि टेभिलिभिजनमा प्रत्यक्ष प्रशारण हेर्नेछन् ।

यस्तोमा नेपाली फुटबलरलाई पनि युरोकप लागेको छ । नेपाली टोली यतिबेला फुर्सदमा छ । यसैको समयलाई सदुपयोग गर्दै खेलाडीहरुले युरोकपका खेलहरु टेलिभिजनमा प्रत्यक्ष प्रशारण हर्ने योजना बनाइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अनुभवी डिफेण्डर रविन श्रेष्ठले युरोकपको समग्र टिप्पणी यस्तो गरेः

फुटबलर भएको नाताले विश्वभरका फुटबल प्रतियोगिताहरुमा मेरो स्वभाविक चासो रहन्छ । अहिले त झन् एकै समयमा दुई प्रतियोगिताहरु भइरहेका छन् । कोपा अमेरिका अमेरिकामा जारी छ भने आजैबाट युरोकप फ्रान्समा सुरु हुँदैछ ।

विश्व फुटबलमा मेरो मनपर्ने टोली ब्राजिल हो । युरोकपमा भने इंग्ल्याण्ड । मैले फुटबल बुझ्न थालेदेखि नै इंग्ल्याण्ड मनपर्थ्यो । इंग्लिस टोलीले अहिलेसम्म उल्लेख्य उपलब्धि हाँसिल गर्न नसकेपनि स्टार खेलाडीले भरिएको यो टोली प्रत्येक प्रतियोगितामा दावेदारमध्ये एक गनिन्छ । त्यसैले यस प्रतियोगितामा पनि इंग्ल्याण्ड उपाधिको दावेदार हो ।

यसपटकको इंग्ल्याण्डको टोलीमा युवा अनुहारहरु प्रसस्तै छन् । यो टोलीले युरोकपमा राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छु । छनौट प्रतियोगितामा पनि इंग्ल्याण्डको प्रदर्शन राम्रो थियो । लिसेस्टर सिटीका स्ट्राइकर भार्डी मलाई सबैभन्दा मनपर्ने खेलाडी हुन् । उनैको प्रदर्शनमा इंग्लिस टोलीको भविश्य अडेको छ । त्यसो त वायन रुनी, टोटनहृयामका हृयारी केन, युनाइटेडका मार्कोस रासफोर्ड लगायतका स्टारहरुले इंग्ल्याण्डको अग्रपंक्ति बलियो छ ।

आफू डिफेण्डर भएको नाताले इंग्लिस टोलीका क्रिस स्मलिङ, ग्यारी केहिल लगायतका स्टारहरुपनि उत्कृष्ट लाग्छन् । फ्रान्सेली डिफेण्डर कोसेल्नीको खेल पनि यसपटक हेर्न लायक हुनेछ ।

विश्वका उत्कृष्ट खेलाडीहरुको खेलस्तर हेरेर सिक्ने मौका पनि हो यो । उनीहरुका अलावा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो, फ्रान्सका ओलिभर जिरोर्ड, जर्मनीका थोमस मुलरहरुको खेल पनि मलाई मन पर्छन् ।

यसपटकको युरो घरमै बसेर हेर्ने योजना बनाएको छु । यसअघिका संस्करणहरुमा साथीभाइसँग बसेर हेरिन्थ्यो । अहिले परिवारका सबै सदस्यहरु संगै हुनुहुन्छ । सबैसँग बसेर हेर्न रमाइलो हुन्छ । तर, अधिकांश राम्रा खेलहरु राति अबेर परेकाले समय नमिल्न सक्छ । सकेसम्म म्यानेज गर्छु ।

विश्वका उत्कृष्ट खेलाडीहरुको खेलस्तर हेरेर सिक्ने मौका पनि हो यो ।
फ्रान्सलाई
उनीहरुका अलावा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो, फ्रान्सका ओलिभर जिरोर्ड, जर्मनीका थोमस मुलरहरुको खेल पनि मलाई मन पर्छन् ।

यसपटकको युरो घरमै बसेर हेर्ने योजना बनाएको छु । यसअघिका संस्करणहरुमा साथीभाइसँग बसेर हेरिन्थ्यो । अहिले परिवारका सबै सदस्यहरु संगै हुनुहुन्छ । सबैसँग बसेर हेर्न रमाइलो हुन्छ । तर, अधिकांश राम्रा खेलहरु राति अबेर परेकाले समय नमिल्न सक्छ । सकेसम्म म्यानेज गर्छु ।

मेरो बिचारमा यस युरोकपमा इंग्ल्याण्ड, जर्मनी, फ्रान्स र बेल्जियमले सेमिफाइनलसम्मको यात्रा तय गर्न सक्छन् । विश्वविजेता जर्मनी एट्याकिङ फुटबलमा माहिर छ । विश्वकप जितेको पनि उसले त्यस्तै खेलेर हो ।

फ्रान्सलाई घरेलु मैदान र समर्थकको फाइदा हुने नै छ । यता बेल्जियमको टोलीमा सन्तुलित छ । सबै पोजिसनमा स्टार खेलाडीहरुको बाहुल्य रहेकाले बेल्जियमले राम्रो गर्नसक्छ भन्ने लाग्छ ।

यो युरोकपमा मैले नेदरल्याण्ड्सलाई ‘मिस’ गर्नेछु । टोटल फुटबलको जन्मदाता नेदरल्याण्ड्स यसपटक छनौट हुन असफल रहृयो । त्यस्तै साबिक बिजेता स्पेन पनि दावेदार टोली त हो तर, पछिल्लो विश्वकपमा उसको प्रदर्शन उल्लेखनीय रहेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?