+
+
Shares

युरो कपमा एक दुलर्भ दृश्यः सहोदर दाजुभाइ एक आपसमा भिड्दै

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७३ जेठ २८ गते २०:१८

Taulant-Xhaka-and-Granit-Xhaka 1

युरो २०१६ को समूह ए अन्तर्गत भोलि हुने स्वीट्जरलयाण्ड र अल्वानियाबीचको खेलमा एउटा यस्तो दृश्य देखिनेछ कि यस्तो यसअघि कमै मात्रामा भएको थियो ।

भोलिको खेलमा सहोदर दाजुभाइ एक अर्को टोलीको प्रतिनिधित्व गर्दै मैदानमा आमने सामने हुँदैछन् । त्यसमा पनि दाइ डिफेण्डर भाइ मिडफिल्डर ।

हो टाओलेन जाका र ग्रानेस जाका सहोदर दाजुभाइ हुन् । उनीहरु पहिले स्वीस उमेर समूहको टोलीबाट सँगै खेल्थे । तर, तीन बर्षअघि दाइ टाओलानले स्वीस् टोली छाडेर अल्वानियाको नागरिकता लिने निर्णय गरे भने भाइ ग्रानेसले भने स्वीस टोलीबाटै खेलिरहेका छन् ।  र, टाओलान डिफेण्डर पोजिसनमा खेल्छन् भने भाइ मिडफिल्डर ।

सन् २०११ देखि स्वीस् टोलीबाट खेलिरहेका ग्रानेसले ४० खेलमा ६ गोल गरिसकेका छन् । २३ बर्षीय उनी स्वीस् टोलीका भरपर्दा मिडफिल्डर हुन् । उनले इंग्लिस टोली आर्सनलबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।

यता सन् २०१३ मा अल्वानियाको नागरिकता लिएपछि उसैका लागि खेल्न थालेका स्वीस क्लव एफसी बासेलका डिफेण्डर टाओलान्डले अल्वानियाको राष्ट्रिय टोलीबाट १० खेल खेलेका छन् । उनलाई २०१४ मा फिफाले अल्वानियाबाट खेल्न मान्यता दिएको थियो । उनले उमेर समूहका सबै प्रतियोगितामा सन् २००८ देखि २०१३ सम्म खेलेका छन् ।

स्वीट्जरल्याण्डमा फुटबल सिकेर अल्वानियाबाट खेल्ने टाओलान्टमात्र भने होइनन् । अल्वानियाको अहिलेको राष्ट्रिय टोलीमा उमेर समूहमा स्वीस् टोलीबाट खेलेका ८ खेलाडीहरु छन् ।

अल्वानियाबाट स्वीट्जरल्याण्ड बसाई सरेका परिवारका युवाहरु सिनियर करिअर खोज्न अल्वानियातिर जाने मनासयमा देखिन्छन् ।

स्वीस् टोली छाड्ने बेलामा दिएको एक अन्तर्वार्तामा ताओलानले भनेका थिए कि ‘मैले मेरा पुर्खाको देश अल्वानियाबाट खेल्ने इच्छा गरेको हुँ, मेरो इच्छालाई अल्वानिया सरकारले स्वागत गरेकोमा खुसी छु ।’

उनले भाइ ग्रानेसलाई पनि स्वीस् टोलीबाट खेलेर गल्ती नगर्न भनेका थिए । तर, ग्रानेसले त्यसलाई अस्वीकार गरेका छन् ।

लेखक
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?