२९ जेठ, काठमाडौं । खेलको अन्त्यतिर उत्कृष्ट गोल गर्दै दिमित्री पयेटले आयोजक फ्रान्सलाई युरो कपको उद्घाटन खेलमा रोमानियामाथि निटकीय जित दिलाएका छन् ।
कडा सुरक्षाका बीच सुरु भएको युरो कपको उद्घाटन खेल राष्ट्रिय रंगशालामा भएको थियो । यो त्यही ठाउँ हो, जहाँ गत नोभेम्बरमा बम आक्रमण भएको थियो । र, श्रृखलाबद्ध आक्रमणमा १३० भन्दा बढीको मृत्यु भएको थियो । यो भावुक सााझमा पयेटले खेलको अन्तिमतिर करिव ३० यार्डबाट गोल गर्दै घरेलु समर्थकलाई खुसी तुल्याए ।
खेल तथ्य
फ्रान्स
बल पोजिसन: ६५ %
कर्नर: ५
गोलः जिरउड ५७, पयेट ८९
रोमानिया
गोलः स्टान्कु ६५
बल पोजिसनM ३५ %
कर्नर: ४
दर्शकः ८० हजार
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५७ औं मिनेटमा ओलिभर जिरउडले गोल गर्दै घरेलु टोली फ्रान्सलाई सुरुवाति अग्रता दिलाए । उनले पयेटको क्रसमा हेड गोल गरेका थिए ।
तर, यो धेरैबेर टिक्न सकेन । ६५ औं मिनेटमा रोमानियाका स्टान्कुले पेनाल्टी गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । घरेलु टोली उद्घाटन खेलमा नै अंक बााड्नेतिर उन्मुख भइरहेको बेला ८९ औं मिनेटमा पयेटले उत्कृष्ट गोल गरे ।
फ्रान्सको टोलीमा पल पोग्बा स्टार खेलाडी हुन् । तर, रोमानियाविरुद्धको खेलमा भने वेष्टहृयामबाट व्यवसायिक फुटबल खेल्ने पयेटले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
धेरैले यो खेलमा उनको विजयी गगोल मात्र सम्झिएलान् । तर, ९० मिनेटको खेलमा फ्रान्सको फर्वाड लाइन अगाडि बढ्दा उनी सँधै दृश्यमा थिए ।
प्रतिक्रिया 4